Friday, March 28, 2025
घरसमाचारमिश्र नेतृत्वकै समितिले पायो टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा

मिश्र नेतृत्वकै समितिले पायो टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र


११ चैत, काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि सोमबार अपरान्ह यही विषयमा छलफल गर्न शीर्ष नेताहरू जुटेका थिए ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलले पुनः सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए ।

सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -