Friday, March 21, 2025
घरसमाचारनेपाल विद्युत प्राधिकरण वीरगंजमा पदस्थापन कार्यक्रम

नेपाल विद्युत प्राधिकरण वीरगंजमा पदस्थापन कार्यक्रम

वीरगंज, ६ चैत । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले बुधवार केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई स्वागत एवम् पदस्थापन कार्यक्रम गरेको छ ।
हालै नेपाल विद्युत प्राधिकरणको तह ९ का उप–प्रबन्धकमा बढुवा भएका वीरगंज वितरण केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई अबिर, खाँदा माला लगाई कर्मचारी संघ बीरगंज इकाई समिति परिवारले स्वागत गरेका थिए ।
कर्मचारी सब इन्जिनियर पदमा बढुवा भएका वीरेन्द्र चौधरीलाई पनि सोही कार्यक्रममा अबिर, खादा एवम् फुलको माला लगाई स्वागत गरिएको थियोे भने कर्मचारी सन्जिव कुमार जयसवाल सरूवा भई लगनखेल वितरण केन्द्र गएकोमा उनलाई पनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा कर्मचारी संघ बीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झा, सुधीर कर्ण, राजिव साह लगायत कर्मचारीहरूको उपस्थिति थियो ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -