Wednesday, March 12, 2025
घरसमाचारश्री भगवती क्लबलाई किंग्स हिलको साथ

श्री भगवती क्लबलाई किंग्स हिलको साथ

२७ फागुन, काठमाडौं । बी डिभिजन क्लब श्री भगवती क्लब, टोखा र किंग्स हिल प्रिमियमबीच प्रायोजन सम्बन्धि सम्झाैता भएको छ ।

बी डिभिजन लिग २०८१ मा सहभागी श्री भगवती क्लब, टोखाले किंग्स हिल प्रिमियमलाई आधिकारिक प्रायोजकका रूपमा अनुबन्ध गरेको हो ।

सम्झौतामा किंग्स हिल प्रिमियमको तर्फबाट माधव प्रसाद सिलवाल र श्री भगवती क्लब, टोखाका अध्यक्ष गणेश लाल श्रेष्ठले हस्ताक्षर गरे ।

कार्यक्रममा म्लबको जर्सी अनावरण समेत गरिएको थियो । जर्सीको अगाडी टोखा नगरपालिकाको लोगो छ भने पछाडि किंग्स हिलको लोगो रखिएको छ ।

यस सम्झौताले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा क्लबको छ ।

श्री भगवती क्लबले आज आरसिटी क्लबसँग खेल्दै बी डिभिजन लिगको सुरुवात गर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -