Monday, March 10, 2025
घरसमाचार‘जागरूकताका कारण स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सम्भव’

‘जागरूकताका कारण स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सम्भव’




काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिभाशाली महिलाका जागरूकताले स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सम्भव भएको बताउनुभएको छ ।

गैरसरकारी संस्था महासङ्घको ११ औँ महाधिवेशन समारोहमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र प्राप्त उपलब्धिको  पनि चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले विश्वका कतिपय देशहरूमा अझै महिलाहरू पछि परिरहेको अवस्थामा नेपालमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनु सकारात्मक भएको बताउनुभयो । 

समारोहमा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले उन्नत लोकतान्त्रिक विकासमा गैरसरकारी संस्थाले योगदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

समारोहमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपालमा समावेशी मुद्दालाई स्थापित गर्न गैरसरकारी संस्थाको महत्त्वपूर्ण योगदान भएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका लागि नागरिक अगुवा संस्थाहरूको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -