Wednesday, February 12, 2025
घरसमाचारमुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार : नेता कोइराला

मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार : नेता कोइराला

भक्तपुर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

जिपी कोइराला फाउण्डेसनले आज भक्तपुरमा आयोजना गरेको ‘ राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भन्ने व्यक्ति पहिले आफु नै भएको बताउनुभयो ।

दुई तिहाइको बलमा कांग्रेस–एमाले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।

सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको नेता कोइरालाले बताउनुभयो ।

गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने भन्दै प्रजातन्त्रमा संसद्बाटै नियम, कानुन, ऐन बनाउनुपर्ने बताउनुभयो ।

कोइरालाले पार्टीभित्र गुट अन्त्यका लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँदै काँग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने उल्लेख गर्नुभयो ।

कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, फाउण्डेसनका अध्यक्ष सुजाता कोइराला,कांग्रेस नेता तथा पुर्वमन्त्री एनपी साउद ,संघीय सांसद दुर्लभ थापा,नेता गुरुराज घिमिरे लगायतले गिरिजाप्रसाद कोइराला शान्ति र क्रान्तिका नायक भएको चर्चा गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -