२०८२ बैशाख १ गते, सोमबार २३:०४

राधेश्याम साह/
रौतहट/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा समाजवादी पार्टी नफुट्ने दाबी गर्नु भएको छ । समाजवादी एसलाई फोड्ने प्रयास भैरहेको भएपनि पार्टीका हरेक तहका इमान्दार खम्बाहरु एकजुट रहेकाले पार्टी नफुट्ने वहाँले दाबी गर्नु भयो ।

बिहीबार समाजवादी प्रेस संगठन नेपाल रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको दाबी गरे । उनले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय ‘दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भइरहन्छ । गयाराम भन्दा आयाराम बढी छन् ।’

पार्टीलाई समाप्त पार्न खोज्ने प्रयास गर्नेहरू हुनु स्वाभाविक भएको अध्यक्ष नेपालको भनाइ छ । ‘यो धर्तीमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौं । तपाईंहरू (पत्रकार) नेपालको खुफिया हो । सूचना पाए बताई दिनुहोला,’ उनले भने । उनले आफूमा कुनै राजनीतिक बेचैनी नरहेको जिकिर गरे ।
अनावश्यक पार्टी फोर्ने टिप्पणी गर्नेलाई पुर्व प्रधानमन्त्री माधब नेपालले भने फुलको आँखामा फुलै संसार ,काडाको आँखामा काडै संसार हुने बताए ।

बाढी पहिरो लगायत देशमा आएको  प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त पुल र सडक मर्मत गरि तत्कालै सुचारु गर्न सरकार लाग्नु पर्ने बताउनु भयो । उहाँले “बाढीपहिरो प्रभावितलाई उद्धार र राहतका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूले एक जुट भएर ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर अगाडी बढुनु पर्ने बताए ।

तपाईं प्रधान मन्त्री बन्न कत्तिको इच्छुक हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नु भयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनि मात्रै बनेको हो’, उनले भने । आफूलाई पदको लोभ नभएको र आफ्नो पार्टीले देश र जनताको सर्वोत्तम हितमात्र चाहेको नेपालको दाबी थियो ।

प्रतिक्रिया लेख्नुहोस्