२०८२ बैशाख १ गते, सोमबार २१:०१

– गोपाल पाल्पाली आचार्य 

*के नेपालमा वास्तवमै जातिवाद छ कि विगत ७२ वर्ष देखि जातिवादको नाममा ठगी धन्दा चलाइएको छ ?

*जातिवाद कहाँ छ ? लौ उत्तर दिनुस्-

स्कुलमा छ ? जातको आधारमा बच्चाहरु भर्ना भैरहेका छन् ?

“छैन”

कलेजमा छ ?

“छैन”

ट्युसनमा छ ?

“छैन”

अस्पतालमा छ ?

“छैन”

प्राइभेट जागीरमा छ ?

“छैन

मोबाइल किन्दा छ ?

“छैन”

सिमकार्ड किन्दा छ ?

“छैन”

अनलाइन सपिङ गर्दा वा सुपरमार्केटमा किनमेल गर्दा ?

“छैन”

बैंक अथवा सहकारी संस्था तिर ?

“छैन”

कुनै पनि ब्यापार ब्यवसाय अथवा ब्यक्तिगत काममा छ ?

“छैन”

किराना पसल, कपाल काट्ने सैलुन वा ब्युटी पार्लर, दुध डेरी, कपडा पसल, भाँडा पसल, तरकारी तथा फलफूल पसलमा छ ?

“छैन”

बिग मार्ट वा सपिङ मलमा छ त ?

“छैन”

फिलिम हल तिर ?

“छैन”

होटल, रेष्टुरेन्ट देखि चिया पसल, भट्टी पसल, मासु पसल कतैतिर छ त ?

“छैन”

होस्टेलमा छ ?

“छैन”

बस, ट्याक्सी, अटो रिक्सामा छ कि प्लेनमा छ ?

“छैन”

मोटर, कार, घर, घडेरी किनबेच गर्दा छ त ?

“छैन”

मसानघाटमा छ ?

“छैन”

फलफूल तथा तरकारी मण्डीमा कसैले जात सोधेर तरकारी किनमेल गरिरहेको छ ?

“छैन”

रोधी घर वा डिस्को बार तिर जात सोधेर इन्ट्री गर्ने सिस्टम छ ?

“छैन”

पार्टी प्यालेसमा छ ?

“छैन”

चाडपर्व मनाउन जातको आधारमा निषेध गरिएको छ ?

“छैन”

 

त्यसोभए कहाँ छ त जातिवाद ?

म भन्छु यता सुन्नुस्……

 

सरकारी जागीरमा छ ?

” हजुर, छ”

सरकारी पढाईमा ?

“हजुर, छ”

सरकारी सेवामा ?

“हजुर, छ । आरक्षणको रूपमा”

यदि कसैले आफैलाई म “दलित” हुँ भनेर प्रमाणित गराउन वडा कार्यालय तथा गाबिस/नगरपालिका बाट सिफारिस गराएर आफू दलित नै भएको दाबी गर्‍यो भने सरकारी जागीर पाइन्छ । यसमा आफैले आफैलाई दलित बनाउनु पर्छ ।

तर….

यदि सोही ब्यक्तिलाई दलित भन्यो भने कडा सजाय हुन्छ ।

यो हो वास्तविक जातिवाद ।

आफुले आफैलाई दलित प्रमाणित गराउन सरकारी निकायको सिफारिस खोज्ने तर त्यै ब्यक्तिलाई सिफारिस प्रमाणित गर्नेले समेत दलित भन्दियो भने कानुन लाग्ने ??

यो हो जातिवाद ।

अब बुझ्नुभयो ! जातिवाद कहाँ रैछ र कसले चलाइरहेको रैछ ?

अहिलेसम्म कसैले ब्लड बैंकमा पुगेर कुन जातको ब्लड हो भनेर सोधिरहेका छन् कि कुन ग्रुपको ब्लड हो भनेर सोध्ने गर्छन् ?

कसैले कसैलाई बिहेवारीको लागि आफ्नो छोरी-चेली दिएन वा आफ्नो निजि बेडरुममा पस्न दिएन भन्दैमा जातिवाद हुन्छ ?

आलु किन्दा त कुहे/नकुहेको हेरिन्छ भने छोरी चेली दिंदा केटाको चरीत्र हेर्ने कि नहेर्ने ? आफ्नो आर्थिक स्थिति अनुसारको हैसियत हेर्ने कि नहेर्ने ? आम्दानीको श्रोत हेर्ने कि नहेर्ने ? आफ्नो गोत्र अनुसार मिल्दो नमिल्दो हेर्ने कि नहेर्ने ? यी कुरा त जुनसुकै जातले जुनसुकै जातसँग बिहेवारी गर्दा नि हेर्छन् त !

आफ्नो धर्म र संस्कार नमिल्नेलाई कसले दिन्छ छोरी ? अनि आफुसँग हैसियत नमिल्ने लाई कसले पस्न दिन्छ आफ्नो ब्यक्तिगत बेडरुममा ? जुनसुकै जात भएनि दिइन्न । यहाँ जातिवाद र अतिवादको प्रश्नै छैन । के आफ्नो ब्यक्तिगत स्वतन्त्रताको कुरा हुँ दैन ? खराब नियतले कोहि पनि कसैको घरमा पस्न र बस्न पाइदैन । चाहे जुनसुकै जात होस् !!

जातिवादको धन्दा चलाउनेहरूलाई चुनौती छ- ल, कुनै चारवटा सवर्णको नाम बताएर देखाउ, जसले कथित दलितलाई जातको आधारमा शोषण गरेको होस्…!!

*रामायण* लेख्ने ‘वाल्मीकि’ कथित दलित थिए,

*महाभारत* लेख्ने ‘वेद व्यास’ कथित दलित थिए,

*श्रीराम* ले कथित दलित ‘शबरी’ को जुठो बयर खाए !

*श्रीकृष्ण* को सबैभन्दा प्रिय मित्र ‘सुदामा’ ब्राह्मण भएर पनि गरीब भन्दा गरीब थिए !

विश्वको सबैभन्दा ठूलो मन्दिर *तिरुपति मन्दिरमा दलित पुजारी* छन् !

नेपालको कतिपय मन्दिरमा पनि *दलित पुजारी* छन् !

हिन्दु धर्म भारतबाट आएको भन्ने र जातिवाद पनि भारतीय हिन्दु संस्कार नै हो भनेर ठान्ने मुर्खहरुलाई त्यहीँ भारतको पटनामा रहेको प्रसिद्ध हनुमान मन्दिरमा परापूर्वकाल देखि नै *दलित पुजारी* छ्न् भन्ने किन थाह भएन ? भारतकै तिरुवनंतपुरमको *त्रावणकोर मंदिरमा दलित पुजारी* छन् भन्ने चेत किन आएन ?

नेपालको इतिहास हेर्दा थाह हुन्छ पृथ्वीनारायण शाहलाई नेपाल राज्यको एकीकरण गर्न सल्लाह दिने र एकीकरण गर्नको निम्ति खर्च जुटाउन एक रुपैयाँ राजस्व उठाउने जुक्ति सिकाउने बिशे नगर्ची दलित नै थिए । जसको कारण आज हामी सबैले नेपाली हुने सौभाग्य पाएका छौं । शाह राजाहरूले कथित दलितलाई शोषण गरेका थिएनन् बरु राज्य संचालनको प्रमुख सल्लाहकार राखेका थिए भन्ने प्रमाण बिशे नगर्ची हैन र ?

नेपाल एकीकरण पश्चात् पृथ्वीनारायण शाहले कथित दलित समुदायका विशे नगर्चीलाई आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए भने प्रजातन्त्रवादी नेता बीपी कोइरालाले धनमानसिंह परियारलाई पार्टी महामन्त्रीका रूपमा र राजा महेन्द्रले हिरालाल विश्वकर्मालाई गरिमामय शिक्षा मन्त्री पदमा नियुक्ति दिएका हैनन् ?

अनि जातको पसल थापेर डलरको ब्यापार गर्ने जातका ब्यापारीहरुले विगत ७२ बर्ष देखि के को बकवास चलाइरहेका छन् ? के अब ब्यापारका लागी जात र धर्म मात्रै बाँकी रहेको हो ?

*जातका ब्यापारीहरुले विगत ७२ बर्ष देखि एउटै कुरो रटान मारेको मार्यै गरेर समाजलाई उल्लु बनाउन खोजेको कि आफ्नो जातीय ब्यापारको बिज्ञापन गरेको ?*

जातीय आरक्षणको वकालत गर्नेहरूलाई एउटा प्रश्न-

जातीय आरक्षण वा कोटामा परेको इन्जिनियरले बनाएको पुल कुन हो ? आरक्षणमा परेको डाक्टरले गरेको आँखाको अप्रेसनले आरक्षणमा नपरेरै विश्वविख्यात नाम कमाएका सन्दूक रुइतको रेकर्ड तोड्यो ? आरक्षणमा परेको मास्टरले पढाएर कुन विद्यार्थीले नेपाल टप गरे ? बरु आरक्षण वा समानुपातिकमा परेको नेताले देश डुबाएको उदाहरण प्रशस्तै छ हामीसँग ।

आरक्षणबाट पद पाएको ब्यक्तिबाट देशले कुन क्वालिटीको सेवा पायो ? लौ, एउटा उदाहरण देखाउ !

नेपालमा जातीय आरक्षणको सिस्टम शुरु भएपछि कोटामा परेर साइन्टिस्ट बनेको मान्छेले कुन नयाँ रसायन पत्ता लगाएर विश्वमा नेपालको नाम चम्कायो ? कुनै जडिबुटी वा रसायनमा नयाँ रिसर्च भयो ?

जातीय आरक्षणबाट इन्जिनियरिङ पढेर इन्जिनियर बनेको मान्छेको नाम बताउ, जसले विश्वप्रसिद्ध संरचना बनाएर विश्वमा नेपालको नाम चिनाए !

जातीय आरक्षणबाट आएको कुनै टेक्नोलोजी एक्सपर्टको नाम बताउ, जसले कुनै एउटा टेक्नोलोजी पत्ता लगाए !

जातीय आरक्षणबाट बनेको अर्थशास्त्रीको नाम बताउ, जसले नेपालको अर्थ ब्यवस्थामा व्यापक सुधार ल्याएको होस् !

कुनै एउटा विज्ञ त बताउ, जसले कुनै न कुनै योगदान दिएर देशलाई विश्वमा चिनाउन मद्दत गरेको होस् !

जातीय आरक्षणबाट मन्त्री वा सांसद बनेको कुनै दशजना मान्छे देखाउ, जसले देशको लागि महत्त्वपूर्ण योगदान दिएर इतिहासमा नाम लेखाउन सफल रहेको होस् !

धेरै जना छैनन् भने कमसेकम पाँच जना त देखाउ !

अहिलेसम्म दशवटा प्रतिष्ठित मान्छे देखाउन किन नसकेको जसको काम हेर्दा लागोस कि आरक्षण सिस्टम सहि रहेछ !

दश जना छैनन् ? ल ठिक छ, पाँच जनाको नाम बताउ जसको नाम लिँदा देशको शान बढोस् र गर्वले छाती फुलोस् !!

 

कहाँ भेटिन्छन् ? कोहि छन् ?

सोंचौं त, जातीय आरक्षणको माध्यमले ५०% अंक ल्याएर बल्लतल्ल पास गरेको ब्यक्तिले देशको नाम चम्काउला ?

कसरी टिक्ला त्यो मान्छे ९५% अंक ल्याउने ब्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्दा ? ठिक छ, कोटामा जागीर त खाला तर कामको गुणस्तर कस्तो देला ?

जातीय आरक्षण समाज तथा देशको लागि नै घातक छ ।

यस्तै कारणले गर्दा हाम्रो देश तथा समाजले विश्वसामु घुडा टेकिरहेको छ । अरु देशमा क्वालिटी बाट छानिएर आउँछन्, हाम्रो देशमा जातबाट छानिएर !

यसले गर्दा-

हामी ५०% अंक वाला डाक्टर उत्पादन गर्छौं,

जबकी पुरै विश्वले ९०% भन्दा बढी अंक ल्याउनेलाई मौका दिन्छ । अनि यस्तो चिकित्सामा कस्तो गुणस्तरको आशा राख्ने हामीले ?

अत: जातीय आरक्षण रुपि घातक शत्रुबाट मुक्त हुन सबैले आवाज उठाऔं ।

आरक्षण त चाहिन्छ तर जातको आधारमा हैन । गरिबीको आधारमा, जेहन्दारको आधारमा, दक्षता र गुणस्तरीयताको आधारमा !!!

त्यसकारण हरेक क्षेत्रबाट जातीय प्रमाणपत्र हटाएर मात्र नेपाली नागरिक हुनुको प्रमाणपत्र अनिवार्य गर्नुपर्छ । त्यस्तो नेपाली नागरिक जो गरिब छ तर जेहन्दार छ । आर्थिक रूपमा कमजोर छ तर मानसिक रूपमा धनी छ ।

 

प्रतिक्रिया लेख्नुहोस्