बझाङ/ चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा परेका छन् ।
सोमबार सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका असई मोहनसिंह रावलले चेकजाँच गर्दा बन्दुकबाट गोली निस्किएपछि निलम्बनमा परेका हुन् ।
अचानक बन्दुकबाट गोली चलेपछि प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उक्त बन्दुक उनै जवान रानाले असई रावललाई बुझाएका थिए ।