Wednesday, May 1, 2024
घरसमाचारआईपीएलमा गुजरात दिल्लीसँग पराजित

आईपीएलमा गुजरात दिल्लीसँग पराजित

६ वैशाख, काठमाडौं  । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् ।

दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २/२,  खलिल अहमद र अक्षर पटेलले एक/एक विकेट लिए ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -