Wednesday, May 1, 2024
घरसमाचारअसहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान

असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान

बाँके । पुर्णतारा फाउन्डेसनले विद्यालय स्तरका असहाय बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष तारा कुमारी खत्रीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आज १० जना बालबालिकालाई शैक्षिक सामग्री (विद्यालय पोसाक, झोला, अभ्यास पुस्तिकालगायत सामग्री) वितरण गरिएको हो ।

‘फाउन्डेसनले बालबालिकाको शैक्षिक स्तरलाई उकास्ने उद्देश्यले असहाय, आर्थिक रूपमा विपन्न तथा आश्रयविहीन बालबालिकाका लागि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गरेको हो,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘संस्थाले विशेष अधिकारभन्दा बाहिर रहेका र राज्यले दिएको मापदण्डको आधारमा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्ने गरेको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले शैक्षिक सामग्री वितरण गरे फाउण्डेसनले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । उहाँले राज्य एक्लैले केही पनि गर्न नसक्ने भएको हुनाले स्थानीय सामुदायिक र विभिन्न संस्थाहरूबाट सहयोग मागेर जनतालाई सुख सुविधा दिने राज्यको परिकल्पना अनुरुप सामाजिक संघ संस्थाहरूलाई अगाडि बढ्न जरुरी रहेको बताउनु भएको थियो ।

नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख गोरख बहादुर थापा,लुम्बिनी प्रदेशका पूर्व सांसद पार्वती पुन (बिक),जिल्ला समन्वय समिति सदस्य रेवती परियार, कलेज अफ म्यानेजमेन्टका अध्यक्ष मुना हमाल, नारी कल्याण समाज बाँके उपाध्यक्ष यशोदा उपाध्याय, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, एकता आमा समूहकी अध्यक्ष मेनका बम लगायतले बोल्नु भएको थियो ।

फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साथै आगामी दिनहरूमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने फाउण्डेसनका अध्यक्ष खत्रीले जानकारी दिनु भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -