Tuesday, April 30, 2024
घरसमाचारपाटनमा प्रतिस्थापन कला प्रदर्शनी हुँदै

पाटनमा प्रतिस्थापन कला प्रदर्शनी हुँदै




काठमाडौँ । कलाकार मनिषलाल श्रेष्ठले विश्व सम्पदा दिवसका सन्दर्भमा बिहीबार प्रतिस्थापन कला प्रदर्शनी गर्दै हुनुहुन्छ । 

ललितपुरस्थित पाटन दरबार परिसर वरिपरि उहाँले १३ सय ३६ मिटरको धागो प्रदर्शनी गर्न लाग्नुभएको हो । उहाँले सन् २०१७ मै तयार पार्नुभएको ‘प्रोजेक्ट १३३६’ शीर्षकको प्रतिस्थापन कला पुनः प्रदर्शनी गर्न लाग्नुभएको हो ।

दिउँसो १ बजेदेखि सुरु हुने  कार्यक्रम ललितपुर चेम्बर अफ कमर्शको सहकार्यमा हुँदैछ । लामो रङ धागो प्रदर्शनी गर्नुको पछाडि काठमाडौँको बहुसांस्कृतिक सभ्यता पस्किन खोजेको उहाँले बताउनुभयो । 

“काठमाडौँ विभिन्न कला संस्कृतिका रङले जोडिएको लामो धागो जस्तै हो”, उहाँले भन्नुभयो, “आत्मीयता र मित्रवत् समाजको परिकल्पनामा प्रतिस्थापन कला बनाएको छु ।” रासस

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -