
हामी मकै विभिन्न रुपमा खान्छौँ । उसिनेर, भुटेर, तरकारी, ढिडो, भात, पुवा, सुप, रोटी, दुधे कलिलो त काँचै पनि । तर मकैको जुँगा र खोस्टा काम नलाग्ने भनेर फाल्छौँ । खोसेल्टा पनि पिरा, गुन्द्री, सुकुल, ढक्की डोरी, मुडा, पुतली, बनाउन सकिन्छ । तर जुँगाको त त्यतिकै फाल्छौँ । तर थाहै छैन हामीलाई कि जुँगाको फाइदा मकैको भन्दा बढी हुन्छ भनेर ।