यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१९ चैत, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]
एनएसएलमा श्रम स्वीकृति विनै विदेशी खेलाडीको गोल!

काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो दिनमै विवाद देखिएको छ । तेस्रो संस्करणको तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्सबीच साँझ ६ बजे खेल हुने तय थियो । तर खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भयो । खेलअघि नै चितवनले श्रम स्वीकृति नभएका पाँच […]
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

१८ चैत, काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद बैठकले भोलिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सरकारले मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो […]
अश्वनी कुमार डेब्यूमै चम्किँदा मुम्बईको पहिलो जित

१७ चैत, काठमाडौं । अश्वनी कुमारले डेब्यूमै शानदार प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । आईपीएलको पहिलो खेल खेल्दै गरेका अश्वनीले ४ विकेट लिएपछि कोलकाता ११६ रनमै अलआउट भएको थियो । […]
ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर श्रेष्ठ नियुक्त

१८, चैत काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको नेतृत्व सुम्पिएको हो । […]
तीनकुनेमा सविन ढले, यता घरको खम्बा

१८ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जन १५ चैतको बिहानै घरबाट निस्किएका थिए । काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने सविन गाडी बिग्रिएकाले बनाउन भन्दै घरबाट हिँडेका थिए । वृद्ध बाबुआमा, ८ वर्षकी छोरी र श्रीमती उनलाई पर्खिरहेका थिए । बिहान बित्यो, दिउँसो बित्यो गाडी बनाएर सविन आएनन् । अपराह्न हुँदै गर्दा […]
प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही बेर पहिल्यै रोक लगाउनु पर्नेमा […]
राजा संवैधानिक भएर बस्छन् कि बस्दैनन्, कांग्रेसको हृदयलाई सोध्नुपर्छ

सभामुख महोदय, हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधि छन् । ती विधिहरूबमोजिम देशका प्रधानमन्त्रीले बोलिरहँदा बीचमा उठ्ने र प्रश्न गर्ने या प्रधानमन्त्रीले बोलिसकेपछि सवाल–जवाफ गर्ने कुरा हाम्रो नियमावलीको कुनै अक्षर र भावनाले व्यक्त गर्दैन । त्यसैले आज जे भएको छ, प्रतिपक्षको कित्ताबाट भएको कमजोरीलाई पनि म दर्ज गर्न चाहन्छु र सभामुखबाट […]
सरकारको निष्कर्ष : पूर्वराजाले सम्झौता उल्लंघन गरे, तीनकुने घटनाको जिम्मेवार उनै

१८ चैत, काठमाडौं । गएको शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे । यस्तो ठोकुवामा पुग्नु अगाडि उनले पूर्वराजा ज्ञानेन्द्रको गत ७ फागुनको अभिव्यक्ति […]
‘ज्ञानेन्द्रले लत्तो छाडे, उनको आवरणमा को-को छन् खोज्नुपर्छ’

पछिल्लो हिंसात्मक घटनाबाट तत्काल उनीहरू थच्चिएका जस्तो देखिए पनि, धार्मिक आधारमा आन्दोलन बौराउने खतरा अझै बाँकी छ। साभार लिंक