२०८१ चैत्र २१ गते, बिहीबार ०४:२१

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

आर्थिक वर्ष २०७९/८० को बजेट पूर्णपाठसहित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, […]

बजेट: कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमान्ड़ौ, १५ जेष्ठ सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्। चालू आर्थिक वर्षमा पनि सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको थियो। यसअनुसार मुख्यसचिवको तलब ६७ हजार १४० भत्तासहित ७१ हजार ६१६ रुपैयाँ थियो। त्यस्तै […]

वार्षिक पाँच लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो सीमा ६ लाख पुगेको […]

बजेट: ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने व्यबस्था गरेको छु,’ मन्त्री शर्माले भने । […]

आवेदन दिएको एक महिनामै सवारी चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं । सरकारले आवेदन भरेको एक महिनामै परीक्षा लिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आवेदन भरेको एक महिनामै परीक्षा लिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने […]

बजेट: ६२ किमी सड़कको लागि एक अर्ब ८५ रुपैयाँ

काठमाडौं। सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बेजट विनियोजन गरेको छ । ‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ […]

बजेट: हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड रूपैयाँ

काठमाडौं । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने […]

चुनावताका रोकिएको तस्करी पर्सामा फेरि शुरु, कसले पाए लाईन ?

क्राइमचेक प्रतिनिधि/ वीरगंज, १४ जेष्ठ । आसन्न स्थानीय तहको चुनावको केहि दिन अघदेखि रोकिएको तस्करीको लाईन पर्साबाट फेरि शुरु भएको छ ।   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ महानिरीक्षकले कार्यभार सम्हालेपछि अवैध र आपराधिक कृयाकलाप नियन्त्रण गरी सीमा रक्षा एव‌ शान्ति सुरक्षामा उच्चस्तरीय व्यवसायिक धर्म निर्वाह गर्न निर्देशन दिए पनि पर्सामा नेपाल र […]

२४ लाख रुख मासेर निजगढ़मा विमानस्थल नबनाऊ, बिकल्प खोज : सर्वोच्च

काठमाण्डाै – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो । सर्वोच्चले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश […]

एक खर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ । विभागका […]