२०८१ चैत्र २७ गते, बुधबार १७:०२

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।

साभार : अन्नपूर्ण पोस्ट

प्रतिक्रिया लेख्नुहोस्