Friday, March 28, 2025
घरसमाचारयो हो संसारकै महँगो कुकुर, मूल्य ८० करोड रुपैयाँ

यो हो संसारकै महँगो कुकुर, मूल्य ८० करोड रुपैयाँ

एकजना भारतीयले संसारमै सबैभन्दा महँगो मूल्यमा एउटा कुकुर किनेका छन् । ब्वाँसो र ककसियन शेफर्ड जातको कुकुरबीच प्रजननबाट जन्माइएको उक्त ठिमाहा कुकुर ५८ लाख १० हजार डलर अर्थात् करिब ८० करोड रुपैयाँमा खरिद गरिएको हो ।

काडाबम्ब ओकामी नामक उक्त कुकुर अमेरिकामा प्रजनन गराइएको थियो । भारतको बैंगलोरस्थित एकजना कुकुरप्रेमी तथा कुकुरका नश्लहरू विकास गर्ने एस सतिस नामका व्यक्तिले ५० करोड भारुमा उक्त कुकुर किने । भारतीय कुकुर नश्ल विकास संघका अध्यक्षसमेत रहेका सतिससँग १५० भन्दा धेरै नश्लका कुकुर छन् । जसमध्ये केही विश्वका सबैभन्दा दुर्लभ नश्ल पनि छन् ।

काडाबम्ब ओकामी कुकुर उक्त नश्लको एकमात्र कुकुर भएकाले त्यसलाई ५० करोड भारु मूल्य पर्नु स्वभाविकै रहेको सतिस बताउँछन् । ८ महिना उमेरको उक्त कुकुरको वजन ७५ केजी र सरीरको उचाइ ३० इन्च रहेको छ ।

सतिसले भनेका छन् – यो कुकुरको अत्यन्तै दुर्लभ नश्ल हो र ठ्याक्कै ब्वाँसो जस्तै देखिन्छ । यो नश्लको कुकुर दुनियाँमा अहिलेसम्म कतै पनि बिक्री भएको छैन । मैले यो कुकुरका लागि त्यहीँ भएर मोटो रकम खर्च गरेको हुँ । मानिसहरु यो कुकुरलाई हेर्न निकै उत्सुक छन् र त्यसको सेल्फी तथा तस्वीर खिच्ने गरेका छन् । म र मेरो कुकुर कुनै फिल्मको कलाकारभन्दा पनि धेरै चर्चित बनेका छौं ।

स्मरण रहोस् कुकुरका लागि उनले ठूलो रकम खर्चिएको यो पहिलोपटक होइन । गत वर्ष उनले ठ्याक्कै रातो पाण्डाजस्तै देखिने चो चो जातको कुकुर ३२ लाख ५० हजार डलरमा किनेका थिए ।

आफ्नो सात हेक्टरमा फैलिएको निवासमा उनले डेढसय वटा कुकुर पालेका छन् । भारतका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनले तीमध्ये अत्यन्तै दुर्लभ कुकुरहरु प्रदर्शनका लागि लैजान्छन् र त्यसबापत ३ हजार डलर देखि १२ हजार डलर सम्म आम्दानी गर्दछन् ।

संसारकै महँगो कुकुर ओकामीलाई पनि उनले अब यस्तै प्रदर्शनीमा सहभागी गराएर पैसा कमाउने काम सुरु गर्दैछन् । उनले कर्नाटकमा फिल्म प्रिमियर जस्ता हाइप्रोफाइल कार्यक्रमहरुमा ओकामीलाई लगिसकेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -