काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा ईन्जिनियर उज्ज्वल कोइराला सदस्यका रूपमा मनोनयन हुनुभएको छ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) अनुसार पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्टको नेतृत्वमा रहेको समितिमा कोइरालालाई चयन गर्नुभएको हो।
कोइराला विगत एक दशकदेखि नेपालका ईन्जिनीयरीङ क्षेत्रमा संलग्न हुनुहुन्छ। उहाँ विस २०६३ सालदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा सक्रिय रहँदै आउनुभएको छ। थापाथली क्याम्पसमा नेविसङ्घ इकाई सदस्यको जिम्मेवारी सम्हाल्नुका साथै एनसिआईटी कलेजमा इकाई अध्यक्षका रूपमा पनि उहाँले काम गर्नुभएको थियो।
नेविसंघको महाधिवेशनमा दुई पटक प्रतिनिधित्व गरिसक्नुभएका कोइराला कम्प्युटर ईन्जिनियरिङमा स्नातकोत्तर गर्नुका साथै हाल पिएचडी अध्ययन गरिरहनुभएको छ।