Friday, March 28, 2025
घरसमाचारभाटभटेनीस्थित क्यूएफएक्सका ३ हल सोमबार बन्द, भएको के हो ?

भाटभटेनीस्थित क्यूएफएक्सका ३ हल सोमबार बन्द, भएको के हो ?

काठमाडौं । भाटभटेनी भवनमा रहेका क्यूएफएक्सको भक्तपुर, बुटवल र विराटनगरका ३ हल सोमबार बन्द भएका छन् । क्यूएफएक्सले वेबसाइटमा समेत यी हलको शो सूची प्रकाशन गरेको छैन ।

क्यूएफएक्सको देशब्यापी चेनमा सबैभन्दा नाफामूलक र चलेको राधे राधेस्थित हल बन्द हुँदा दर्शक फर्किनुपरेको छ । ‘अञ्जिला’ र ‘होस्टेल ३’जस्ता फिल्मले राम्रो कमाइ गरिरहँदा यी हल बन्द हुँदा निर्माता समेत प्रभावित हुनुपरेको छ ।

हल बन्द भएको बारे अनलाइनखबरले ती हलको संचालन कम्पनी रेगल सिनेमाजका प्रमुख तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिनलाई प्रश्न गरेको थियो । जवाफमा उनले प्राविधिक कारणले आइतबार हल बन्द भएको बताए ।

‘टेक्निकल कारणले हल बन्द भएको हो । समस्या समाधान गरेर चाँडै संचालनमा ल्याउनेछौं’ उद्दिनले भने । क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले पनि हल रेगल सिनेमाज र भाटभटेनबीच भएको के हो, यसबारे कारण पत्ता लगाएर समस्या समाधान हुने बताइन् ।

‘दुई कम्पनीको इस्यु हुनसक्छ, यसबारे बुझेर समस्या समाधानमा हामी तत्पर छौं’ उनले भनिन् । भक्तपुरस्थित भाटभटेनीको क्यूएफएक्स सबैभन्दा बढी कमाइ गर्ने चेनअन्तर्गत पर्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -