Thursday, March 27, 2025
घरसमाचारबसिरको अर्धशतकमा लुम्बिनीलाई आर्मीको चुनौतीपूर्ण लक्ष्य

बसिरको अर्धशतकमा लुम्बिनीलाई आर्मीको चुनौतीपूर्ण लक्ष्य

१० चैत, काठमाडौं । बसिर अहमदले अर्धशतकसहित ८६ रन बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनायो । बसिरले १०४ बलमा ६ चौकासहित ८६ रन बनाए । तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ४७ रन दिएर ४ विकेट लिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रासन केसी, नर सार्की र कप्तान देव खनालले १-१ विकेट लिए ।

लुम्बिनीले ७ खेल खेल्दा ४ खेल जितेकव छ भने आर्मीले ७ खेल खेल्दा ६ जित निकालेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -