Monday, March 24, 2025
घरसमाचारधनुषामा ४ सय ७७ केजी गाँजा बरामद

धनुषामा ४ सय ७७ केजी गाँजा बरामद

८ चैत, जनकपुरधाम । जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ट्रकमा प्रहरीले ठूलो परिणाममा गाँजा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले विशेष सूचनाका आधारमा उक्त ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा लक्ष्मीनिया गाउँपालिका–७, लक्ष्मीनिया चोकमा प्रहरीले ४ सय ७७ केजी गाँजासहित चालकलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मधेश प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनी ट्रकमा ३२ वटा प्लास्टिकले बेरेका पोकाहरू बरामद गरिएको छ ।

बरामद गरिएको ट्रक, गाँजा, र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -