८ चैत, काठमाडौं । जातीय विभेदविरुद्ध शुक्रबार दिउँसो राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । दलित अभियन्ताहरूले अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवस पारेर शुक्रबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूको केहीबेर प्रहरी अधिकारीहरूसँग धकेलाधकेल पनि भएको थियो । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको हो ।
प्रदर्शनमा सहभागीहरू अर्धनग्न थिए । उनीहरू ‘दलितलाई खै’, ‘कि तिमि सुध्रियौं, नत्र हामी बिग्रन्छौं’, ‘राज्यसत्ता’, लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।
तस्वीरहरूः