Wednesday, March 12, 2025
घरसमाचारकाठमाडौं रेजर्समा सेनेगलका विंगर डिओप

काठमाडौं रेजर्समा सेनेगलका विंगर डिओप

२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि काठमाडौं रेजर्सले सेनेगलका विंगर अमादोउ डिओपलाई अनुबन्ध गरेको छ ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौंले डिओपलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । डिओपलाई अनुबन्ध गर्दै काठमाडौं रेजर्सले डाइनामिक विंगरले मैदानमा गती, सीप र लगाव ल्याउने जनाएको छ ।

काठमाडौं रेजर्सले यसअघि सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे र सेनेगलकै गोलकिपर चेइख गुएयलाई अनुबन्ध गरिसकेको छ ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं दोस्रो संस्करणमा प्लेअफ पुगेपनि चौथो भएको थियो । तेस्रो संस्करणमा मुख्य प्रशिक्षक देखि मार्की प्लेअर समेत परिवर्तन गरेको काठमाडौं पुरानो साख फर्काउने लक्ष्यमा छ ।

युवा मिडफिल्डर रोहन कार्की मार्की रहेको काठमाडौंले बेल्जियमका युइएफए प्रो लाइसेन्स प्राप्त प्याट्रिक डे विल्डेलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरिसकेको छ । विल्डेले काठमाडौं आएर काठमाडौं रेजर्सलाई प्रशिक्षण समेत दिन सुरु गरिसकेका छन् ।

काठमाडौंले दोस्रो सिजनबाट मिडफिल्डर दिपेश गुरुङ, डिफेण्डर कुलदिप कार्की र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको थियो ।

यस्तै काठमाडौंले अक्सनबाट क्याटेगोरी ए का मिडफिल्डर दिनेश हेन्जन र फरवार्ड जिलेस्पी जंग कार्की तथा क्याटेगोरी बीबाट फरवार्ड आशिष चापागाईँसँगै डिफेण्डरहरु कमल श्रेष्ठ, दिवाकर चौधरी र अन्जल महर्जनलाई अनुबन्ध गरेको थियो ।

यसैगरी काठमाडौंले क्याटेगोरी सी को ड्राफ्टबाट भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -