Wednesday, March 12, 2025
घरक्राइम चेकयोग्य र योगदान दिएका नेविसंघ नेताहरू उपेक्षित : विद्यार्थी नेता पटेल

योग्य र योगदान दिएका नेविसंघ नेताहरू उपेक्षित : विद्यार्थी नेता पटेल

वीरगंज । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कृष पटेलले योग्य र संगठनमा योगदान दिएका नेताहरूलाई उपेक्षा गरिएको गुनासो गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै उनले संगठनको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

पटेलका अनुसार, योग्यता र संगठनप्रतिको योगदानको कदर नगरी “आसेपासे” र चाकडी गर्ने व्यक्तिहरूलाई मात्र अवसर दिइनु गलत प्रवृत्ति हो, जसले संगठनलाई कमजोर बनाउने खतरा बढाएको छ। उनले ठक्करम क्षेत्रका चर्चित विद्यार्थी नेताहरूलाई समेत अवसर नदिइएको उल्लेख गर्दै नेविसंघ पर्सा कार्यसमितिमा आवद्ध नेताहरूलाई पार्टीको नेतृत्वले बेवास्ता गर्नु अस्वाभाविक भएको बताए।

“विद्यार्थी राजनीतिमा समय लगानी गरेर संगठनलाई बलियो बनाउने नेताहरूलाई पार्टीले चिन्न सकेन। योग्य र संघर्ष गरेका व्यक्तिहरू उपेक्षित हुँदा स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ,” पटेलले उल्लेख गरेका छन्।

उनको दाबीअनुसार, पार्टीका निर्णयहरू नेताहरूको सिफारिसका भरमा मात्र गरिनु गलत अभ्यास हो। नेविसंघभित्रको यस्तो प्रवृत्तिले भविष्यमा विद्यार्थी नेताहरूमा निराशा पैदा गर्ने र संगठन कमजोर हुने खतरा उनले औंल्याएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -