काठमाडौं । पपगायक जेम्स प्रधानले नयाँ गीत ‘कर्म गर्दै गयो जोबन’ युट्युवमा सार्वजनिक गरेका छन् । गुञ्जन खनालको शब्द, संगीत रहेको गीतमा जेम्सको स्वर समावेश छ ।
यशराज गाराच र छुल्ठिम गुरुङको अभिनय रहेको गीत रोमान्टिक शैलीमा बुनिएको छ । रोहिया महर्जनको कोरियोग्राफी, सुव्रत आचार्यको भिडियो निर्देशन यसमा छ ।
‘गीत सुन्दा वित्तिकै नाइँ भन्न सकिँन’ गीतबारे गायक प्रधानले भने, ‘राम्रो मार्केट र सबैको मन जित्न सक्छ भन्ने आशा लिएको छु ।’ लामो समय फिल्मको पर्दामा नदेखिएका यशराज र छुल्ठिमले यो गीतबाट अभिनयमा पुनरागमन गरेका छन् । जेम्सले आफ्नो युट्युब च्यानलबाट गीत ल्याएका हुन् ।