Tuesday, February 25, 2025
घरसमाचारस्कुल बसको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

स्कुल बसको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु




कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

हिजो पुनर्वास नगरपालिका–३ राम बस्तीमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने धनगढीको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज महेश विक्रम शाहीले जानकारी दिनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -