काठमाडौं, माघ २९/
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने “सगरमाथा संवाद” को तयारी अघि सत्तारुढ र प्रतिपक्षी सांसदहरूले यसलाई पर्वतीय क्षेत्रको मुद्दाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण अवसरका रूपमा मूल्याङ्कन गरेका छन्।
सागरमाथा संवादको तयारीलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले आज संसदमा विशेष धारणा राख्दै जलबायु परिवर्तनको मुद्धा “जलबायु न्याय” को सन्देशलाई प्रमुख प्राथमिकता दिने आवश्यकता रहेको बताए। उनले भने, “नेपालले जलबायु परिवर्तनको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको स्पष्टता दिन र पर्यटन प्रबर्धनमा मद्दत पुर्याउने तयारी गरिरहेको छ।”
ढकालले भने, “सगरमाथा संवादको अवसरमा, नेपालले संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसलाई निमन्त्रणा गर्न सभामुख महोदय मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु।”
सगरमाथा संवादमा विश्वभरिका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता सुनिश्चित गर्दै, नेपालको जलबायु परिबर्तनको पहल र पर्वतीय क्षेत्रको संरक्षणका लागि संयुक्त आवाज उठाउने अवसर हुने अपेक्षा गरिएको छ।
नेपाल सरकारको सक्रियतासँगै, यो संवाद नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रबन्धन र नेतृत्वका लागि एक महत्वपूर्ण आधार बनाउनेछ।