Wednesday, February 12, 2025
घरसमाचारसर्वोत्तम सिमेन्टको नाफा करिब ८ गुणा बढ्यो

सर्वोत्तम सिमेन्टको नाफा करिब ८ गुणा बढ्यो

२९ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ७.९ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २४ करोड १४ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ करोड ५ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले नाफामा टेवा पुगेको देखिन्छ । बिक्री आम्दानी पहिले २ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ९८ करोड रह्यो ।

त्यस्तै वित्तीय लागत पहिले २२ करोड ९६ लाख रुपैयाँ रहेकोमा अहिले १५ करोड ६२ लाख रुपैयाँमा झ¥यो । बैंकको ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको हो । यिनै दुई कारणले सर्वोत्तम सिमेन्टको नाफामा भारी वृद्धि देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७० पैसा छ । पहिले १ रुपैयाँ ४३ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ७९८ रुपैयाँ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -