Friday, January 31, 2025
घरसमाचारजनताको अवस्था अझै परिवर्तन हुन सकेन : दाहाल

जनताको अवस्था अझै परिवर्तन हुन सकेन : दाहाल

१७ माघ, चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

‘नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन,’ उनले भने ।

ठूलो त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिंग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।

जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए ।

आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए ।

शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्त्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -