१८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिकशास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।
विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले बताए ।
प्रथम सेमेस्टरमा अनुत्तिर्ण भएका कारण शोधपत्रबाट बञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।
विभागका प्रमुख नारायणप्रसाद अधिकारी विद्यार्थीको माग कार्यान्वयन गर्न सहमत भएका हुन् ।
हेर्नुहोस् सहमति पत्र :