२०८२ बैशाख १ गते, सोमबार १८:४०




काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध भएका छन् ।

सबै पदमा एकल उम्मेदवार परेसँगै सिँगो कार्यसमिति निर्विरोध भएको हो । निर्विरोध हुनुहुनेहरुमा अध्यक्षमा रमेश वाग्ले, उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाईँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी), खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटा निर्विरोध हुनुभएको छ ।

त्यसैगरी खुला सदस्यहरूमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा र राजेन्द्र पोखरेल हुनुहुन्छ । तीन महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत हुनुहुन्छ ।

प्रतिष्ठान प्रदेश समितिको खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा निर्विरोध हुने क्रमश सुवेदी,टमाटा र सापकोटा रेडियोनेपालकर्मी हुनुहुन्छ । सबै कार्यसमिति निर्विरोध भएपनि घोषणा भने हुन बाँकि छ ।

पत्रकार महासंघको महाधिवेशन आगामी २८ मंसिरमा हुँदैछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्