Wednesday, November 27, 2024
घरसमाचारहिरासतमा रहेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या

हिरासतमा रहेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या




दाङ । दाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले सोमबार बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन् ।

प्युठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेड क्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिनु भयो । सोमबार बिहान करिब ५ बजे झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित पचभैया सहित अर्को एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ(देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -