२०८२ बैशाख १ गते, सोमबार १९:४३

काठमाडौं । नेपाल प्रहरी मधेश प्रदेशका डिआइजी यज्ञ विनोद पोखरेलको खातामा शंकास्पद रकम जम्मा सहित कारोबार भएको भेटिएको छ।

नेपाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेर सबै प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताएको केही समयमा नै मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलको खाताबाट शंकास्पद कारोबार भएको देखिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा आईजीपी कुंवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेकाले कुनै गलत काममा नलाग्न चेतावनी सहितको निर्देशन दिएका थिए ।

उच्च स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ । उनीमाथि आइजीपी कुँवरले खाता चेक गर्ने र उनीमाथि अनुसन्धान थाल्नु एउटा संयोग मात्र नभई उनले गर्ने गरेका गलत कृयाकलापको पर्दाफास हुने बेला समेत भएको छ ।

डिआइजी पोखरेल आफैँमा बद्नाम प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनी क्षमताभन्दा बढी पावर लगाएर प्रहरी संगठनभित्र राम्रा पोष्टिङ हात पार्दै आएका अधिकृतमध्येमा पर्छन् ।

डिआइजी पोखरेलको खातामा केही शंकास्द कारोबार भेटिएपछि उनलाई भित्री रुपमा अहिले छानबिन चलाईरहेको स्रोतको दाबी रहेको छ । आइजीपी कुँवरले पनि आफ्ना संगठनभित्रका यस्ता भ्रष्ट अधिकृतलाई तह लगाउनकै लागि रुपन्देहीमा पुगेर बैंक खाता चेक जाँच गर्ने बताएका हुन् । अहिले डिआइजी पोखरेलको विषयमा बुझ्नको लागि प्रधान कार्यालयले केही घुमुवालाई झिकाएर उजुरी माथि छानविन शाखाले सोधपुछ गरिरहेको छ ।

जसक्रममा केही बिचौलिया मार्फत लेनदेन भएको तथ्य सबुत भेटिएको छ । जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको हो ।

डीआईजी पोखरेल नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मधेस प्रदेश गएका थिए । सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप उनीमाथि लाग्दै आएको छ । सधै राजनीतिक संरक्षणमा राम्रा पोष्टिङमा रमाउँदै आएका उनीमाथि छानविन गरी गृह मन्त्रालयले समेत सरुवा गर्न लागेको स्रोतले बताएको छ । तथापी उनीमाथि साँच्चै कारबाही होला या सुनपानी छर्किने काम मात्र होला भन्ने विषय चाहि प्रतिक्षामै रहेको छ ।कान्तिपथबाट

प्रतिक्रिया लेख्नुहोस्