Tuesday, November 26, 2024
घरसमाचारलुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वास मत प्राप्त 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वास मत प्राप्त 




भालुवाङ । लुम्बिनी  प्रदेशका मुख्यमन्त्री  चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भयको छ  । अपराह्न १ बजे बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउनु भएको हो । 

आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।

एमाले–कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उहाँलाई  एमाले र काँग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -