काठमाडौं । महोत्तरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत लेखापाल विनोद विष्ट २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीबाट ५० हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक लिने क्रममा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएको अख्तियारले जनाएको छ ।