२०८१ चैत्र २७ गते, बुधबार १६:४४

जनकपुरधाम/ जिल्ला प्रशासन कार्यालय, सर्लाहीको प्रतिलिपी फाँटमा आगलागी भएको छ। मंगलबार बिहान करिब पौने ६ बजेको समयमा विद्युत सर्ट भइ प्रतिलिपी फाँटमा आगलागी भएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार आगलागीबाट प्रतिलिपी फाँटको कम्प्यूटर, प्रिन्टर, स्क्यानरमा क्षति भए पनि श्रेस्ता र सर्भरमा प्रविष्ट भएको तथ्यांकमा क्षति नभएकाले तथ्यांकहरु सुरक्षित रहेको छ।

प्रतिलिपी फाँटमा लागेको आगो निमाउने क्रममा राहदानी फाँटका कम्प्यूटर, प्रिन्टर, स्क्यानरसमेतमा क्षति भएको छ।

आगलागीबाट प्रतिलिपी फाँटमा क्षति भएकाले अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह बन्द रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्