२०८२ बैशाख १ गते, सोमबार २०:४७

काठमाडौं/मधेशप्रदेशका चार मन्त्रीले राजीनामा बुझाउने भएका छन् । एमलेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमाको तयारी गरेका छन् ।

मन्त्रीहरुकाे राजीनामासँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिनेछ । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेको मधेश प्रदेश एमले स्रोतले जानकारी दियो । केन्द्रमा सत्ता समीकरण भएसँगै उनीहरुले राजीनामा दिन लागेका हुन् ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिदैछन् ।

प्रतिक्रिया लेख्नुहोस्