Thursday, November 28, 2024
घरसमाचारअर्थवाणीखाद्यान्नको आडमा कपडा, सुर्तिजन्य पदार्थ देखि मोबाइलसम्मको अवैध कारोबारमा मुकेश अग्रवाल

खाद्यान्नको आडमा कपडा, सुर्तिजन्य पदार्थ देखि मोबाइलसम्मको अवैध कारोबारमा मुकेश अग्रवाल

वीरगंज, २२ भदौ/ खाद्यान्न सामग्रीको कारोबार गर्ने इजाजत लिएर मुकेश अग्रवाल नामक व्यापारीले कपडा, सुर्तिजन्य पदार्थ देखि मोबाइलसम्मको अवैध कारोबार गर्ने गरेको जानकारीमा आएको छ ।

नेकपा एमालेका ओलीसँग नजिक रहेका वीरगंजकै धनाढ्य लक्ष्मीपतिको नातामा भाई पर्ने मुकेश अग्रवाल भारत बिहार हरिसिद्धि स्थायी घर भएका व्यक्ति हुन् । यिनले झुठो विवरण पेस गरी नेपाली नागरिकता लिन सफल भएपछि खाद्यान्न सामाग्रीको तस्करको रुपमा कुख्याती कमाएका छन्। अग्रवालको विभिन्न फर्मको नामले काराेबार हुने गरेकाे फर्ममा राजस्व अनुसन्धान विभागले छापामारी गरे पछि यिनिहरु कपडा, सुर्तिजन्य पदार्थ एवं मोबाइलको अवैध कारोवारमा संलग्न रहेको खुल्न आएको हो ।

समाचार श्रोतका अनुसार केहि दिन अघि काठमाण्डौंमा खाद्यान्न बोकेको ट्रकमा गुटखा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरु फेला परे पछि राजस्व अनुसन्धान विभागले थालेको अनुसन्धानको क्रममा मुकेश अग्रवालले संचालन गरेको फर्महरुबाट यस्तो कारोवार हुने गरेको फेला पारेको हो ।

भैरहवा, वीरगंज र काकडभिट्टा नाकालाई प्रयोग गरी खाद्यान्न चामल, दाल, तेल लगायतको आडमा गुटखा, सुर्ति, कपडा र महँगा मोबाइललगायतका अवैध समाग्रीहरुको कारोवार हुने गरेको पाइए पछि राजस्व अनुसन्धानले अग्रवालको काठमाण्डौं, वीरगंज र झापा जिल्ला स्थित विर्तामोडको कार्यालयमा छापामारी गरेको राजस्व अनुसन्धान विभाग श्रोतबाट बुझिन आएको छ ।

समाचार श्रोतका अनुसार वीरगंज आदर्शनगर स्थित मुकेश अग्रवालको कार्यालयमा राजस्व अनुसन्धान विभागको छापामारी गर्न पुगेका टोलीलाई कार्यालयको गेटमा अल्झाएर ब्यापारीक खाताहरु लिएर पछाडीको ढोकाबाट नालीको बाटो प्रयोग गरी फरार भएको बताइन्छ ।

मुकेश अग्रवाल र उनका व्यवसायिक साझेदारहरुले भैरहवा, वीरगंज र काकडभिट्टा सिमावर्ती क्षेत्रमा राखेका गोदामहरुमा भारतबाट अवैध रुपले भित्र्याउने गरेको कपडा, गुठ्खा र सुर्ती राखेर खाद्यान्न बोकेको सवारी साधनमा राखेर नारायणगाठ, काठमाण्डौं र पोखरा सम्म पुर्याउदै आएको श्रोतले जनाएको छ ।

त्यति मात्र नभई मुकेश अग्रवालले आफ्ना साला वीरगंजको आदर्शनगर चोकमा रहेको नेपाल टाइम सेन्टरकालागि खाद्यान्न सामग्रीकै आडमा भारतबाट महँगा र अवैध मोबाइलहरु भित्र्याउने गरेको समेत समाचार स्रोतबाट जानकारी हुन आएको छ ।

यद्यपि नेपाल टाइम सेन्टरका संचालक मुकेश अग्रवालका सालो राजेश सिस्का ले आफ्नो भिनाजुको फर्म र खाद्यान्न सामग्रीको आडमा भारतबाट मोबाइल भित्र्याउने कुराको खण्डन गरेका छन् । उनले मुकेश अग्रवाल आफ्ना भिनाजु भएको तर व्यवसायिक साझेदार नरहेको दाबी गरे । सिस्काले नेपाल सरकारले निषेध गरेको महंगा मोबाइल चोरबाटो ल्याएर कुनै पनि हालतमा नेपालमा बेच्न नमिल्ने बताए । उनले त्यस्ता महंगा मोबाइल किन्नेले बिल, ग्यारेन्टी इत्यादी मागेमा चोरबाटोबाट ल्याइएका मोबाइलको बिल र ग्यारेन्टी दिन नसकिने हुँदा ल्याएर आफैं फस्ने काम गर्न नसकिने हुँदा त्यस्ता आधारहिन कुरा नगर्न आग्रह गरे ।

राजस्व अनुसन्धानले अग्रवालको कार्यालयहरुमा छापामारी गरे पछि आफ्ना दलालहरुलाई भिडाएर कानुनी दायराबाट उम्किन करोडौको चलखेलमा लागेको अग्रवाल निकट श्रोतले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -