Thursday, November 28, 2024
घरसमाचारप्रनानि यादवको संरक्षणमा तस्करीको लाइन

प्रनानि यादवको संरक्षणमा तस्करीको लाइन

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २३ माघ / समाजमा शान्ति सुरक्षा र सुशासन कायम गराउने जिम्मेवारी पाएका निकाय नै पदको दुरुपयोग गरि प्रहरी नीति र आचरण विपरीत काम गरिरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

वीरगंजको ड्राईपोर्टमा रहेको प्रहरी चौकी सिर्सियाका प्रमुख प्रहरी नायब निरीक्षक अजय कुमार यादवले प्रहरी संगठनको नीति र आचरण अनुसार शान्ति सुरक्षामा केन्द्रित हुनु पर्नेमा सो विपरित उक्त क्षेत्रबाट हुने चोरी तस्करी एवं अवैध कारोबारको संरक्षण गर्ने कार्यमा बढ़ी क्रियाशील देखिन्छन् ।

प्रहरी नायब निरीक्षक यादवको आगमन भए देखि नै सो क्षेत्रबाट झन्डै एक दर्जन कारोबारीहरूलाई तस्करीको लाइन दिईएको श्रोत बताउँछ ।

सो क्षेत्रबाट भन्सार राजश्व चुहावट गरि दैनिक ५० लाख भन्दा बढीको कपड़ा, मोटर पार्ट्स, रजनीगन्धा, हार्डवेयर, सुर्तीजन्य सामग्री नेपाल भित्र्याईने गरिएको छ ।

त्यस्तै सोही क्षेत्र भएर दैनिक रुपमा पेट्रोलियम ईंधन, मदिरा एवं गाँजा लगायतको सामग्री नेपालबाट भारततर्फ अवैध रुपमा निकासी भैरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

यस विषयमा प्रहरी चौकीका ड्राइपोर्ट सिर्सियाका इन्चार्ज यादवसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

पर्सामा हालै आउनु भएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले आफ्ना मातहतका प्रहरी अधिकारी, चौकी प्रमुख एवं प्रहरीहरूलाई संगठनले दिएको जिम्मेवारी एवं नीति अनुरूप काम गर्न निर्देशन दिनु भएको थियो तर प्राननि यादवले मनोमानी ढङ्गले सिंगो संगठनलाई बदनाम हुने काम गरिरहेको बताइन्छ ।

आफूलाई प्रदेश २का डीआईजी उमेश रंजितकारको आशीर्वाद प्राप्त भएकोले अरु कसैको डर नहुने भन्दै हिँड्ने प्राननि यादवको गतिविधिहरू साँच्चिकै आश्चर्यलाग्दो छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -