चन्द्रसूर्य समाचारदाता,
वीरगंज, ०७ कार्तिक ।
नेपाल हिन्दू अधिराज्यको रुपमा पुनर्स्थापित हुनु पर्छ भन्ने विचारधाराका साथ राष्ट्रवादी आन्दोलनमा सघाउँदै आएका अति नै मिलनसार र मृदुभाषी लाल बहादुर नेपालीको अल्पायु मैं निधन भएको छ ।
पोखरा घर भई लामो समयसम्म पोर्तुगल बसोबास गरी हाल जर्मनीको हाममा बसोबास गर्दै आएका नेपालीको ४७ वर्षको उमेरमा निधन भएको हो ।
उनको उपचारको क्रममा हामस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
समाजसेवी, मिलनसार, देशप्रेमी, कट्टर हिन्दूका रुपमा अति नै लोकप्रियता हासिल गरेका नेपालीको अकल्पनीय निधनले राष्ट्रवादी आन्दोलनमा ठूलो क्षति भएको छ ।
उनलाई नजिकबाट एवं सामाजिक संजालको माध्यमबाट चिनेका व्यक्तित्वहरु उनको निधनको खबरले स्तब्ध एवं दुःखी भई श्रद्धांजलिका भावहरू अर्पण गरिरहेका छन् ।
चन्द्रसूर्य वाणी दैनिक, क्राइम चेक साप्ताहिक वीरगंज परिवार पनि स्वर्गीय नेपालीको अकल्पनीय एवं प्रत्याशित निधनबाट स्तब्ध भई अश्रुपूरित श्रद्धासुमन अर्पण गरेको छ ।
चन्द्रसूर्य वाणी दैनिक र क्राइम चेक साप्ताहिक परिवार स्वर्गीय नेपालीको आत्माको वैकुण्ठ वासको कामना गर्दै शोकाकुल परिवार प्रति संवेदना प्रकट गरेको छ ।