२०८२ बैशाख १ गते, सोमबार १८:४०

– अंजु शाह सिंह

क्रिश्चियनहरूको Christmas Day आउदै छ। नेपालीहरुले पनि Christmas Eve पनि बडो गर्वका साथ मनाउँदैछन् । प्रत्येक होटेल रेस्टुराँहरु Christmas Tree ले सजिएका छन । सामाजिक सञ्जालका भित्ताहरु क्रिश्चियनहरुको लागि बनाइएका शुभकामना Greetings ले सजिएका छन् । अझ एउटा हिन्दु नेपालीले अर्को हिन्दु लाई Happy Christmas भनेर शुभकामना Gereetings पठाउन ब्यस्त छन ।नेपालीहरु जन्मदिनमा दियोमा बत्ती बाली अस्टचिरन्जिबिको पुजागरी आफन्तहरुलाइ दहि च्युरा फल्फुल बाड्ने र गरिव लाई लता कपडा बाड्नु हाम्रो सस्कृती र धर्म हो। तर क्रीस्चियन को सिको गरि केक काटी मैन बत्ती निभाइन्छ! बिबाह उत्सब होस, हिजो -आज केक हाम्रो पर्वमा नभै भएको छैन!! हामी के गर्दै छौ होस पुर्याएको छैनौ!

आफ्नै देशको पूर्व प्रधानमन्त्रीले क्रिश्चियन धर्म नेपाली को लागि सबभन्दा राम्रो धर्म भन्न हिचकिचाउँदैनन् । नेपालीहरुको मौलिक धर्म संस्कृति मास्नुमा गर्व छ उनीहरुलाई ।

अब बिस्तारै विद्यालयहरुमा स-साना बालबालिकाहरुलाई Shantaclaus नक्कल गर्दै उनले लाउने पहिरन लगाउँदै Christmas Day मानाउन प्रेरित गर्दैछन गुरुहरु ।

क्रिश्चियन धर्मलाई बढवा दिन विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन, अभिभावक सङ Shantaclus लुगा किन्न रकम असुल गर्न अभिभावकलाई बाध्य पारिरहेछन् विद्यालयहरु ।

विद्यार्थीहरुको भविष्य गुरुहरुको हातमा हुन्छ । बाल मस्तिष्कमा परेको छापले भबिष्यमा के विकृत्ति र विसंगति ल्याउने हुन ? अभिभावकहरु पनि आफ्ना नानीहरू Shantacluse बनेको क्रियाकलाप मा रमाइरहनमा मस्त छन्, यसले ल्याउने दुर्गामी परिणाममा खै चिन्ता ?

गाउँ घरमा एउटा मन्दिर भत्कियो भने १० वटा चर्च थपिदै छ !

विस्तारै विस्तारै क्रीस्चियन धर्म को प्रचार आकाशिदो छ । कसैले होस राखेको छ ? अर्काको धर्मलाई आदर गर्नु ठिक हो, तर आफ्नोलाइ लत्याउनु ठिक होला ??? के क्रिश्चियनहरुले हाम्रो दशैं, तिहार, ल्होसार, उभौली, माघी, छठ, कृष्ण जनमाष्टमी , शिवरात्री र सरस्वती पुजा, गथे मङगल, योमरी पुन्ही, इन्द्रजात्रा, मत्य्सेन्द्रनाथको जात्रा मनाएका छन र उनीहरुको देशमा बिदा दिएका छन् ? चाकरी गर्नु र नक्क्ल गर्नुको पनि हद हुन्छ नि ? तेसैले त हेपेका छन र बिदेशीले ?

यदि तपाई लाई यो पोष्ट ठिक लागे comment लेखी Share गरि दिनहुन हार्दिक अनुरोध गर्दछु, ताकी हामीले सक्दो हाम्रो संस्कृतिलाई बचाउन मदत पुगोस !

जय श्री कृष्ण, जय शम्भो !
जय गोरख, जय काली

फेसबुकवालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्