Wednesday, November 27, 2024
घरक्राइम चेकगणतान्त्रिक लोकतन्त्रको वास्तविकता

गणतान्त्रिक लोकतन्त्रको वास्तविकता

– स्वर्ण शाह
” नेपाललाई बिकसित मुलुक बाट बन्चित गराउने राजतन्त्र हो ” यो वाक्य २०४६ साल अगाडि प्रत्येक नेताहरुको मुखमा झुन्डियको भाषणमा उपयोग हुनै पर्ने साझा वाक्य थियो  । यस्तो लाग्थ्यो राजाले बिकाशलाई समातेर कालकोठरीमा बन्द गरि दिएकोले नेपालमा बिकाश नभएको हो । देश बिकाश गर्ने त काग्रेस र कम्युनिष्ट हो रे, राजा र राजतन्त्र त बिकाशको बाधक हो, यो कुरा नयाँ अनुहारधारी नेताहरुको मुखबाट काठमाडौंको चोक चोकमा, गल्ली गल्लीमा सुनिन्थ्यो । देश बिकाश त गर्न पर्यो भनेर २०४५ सालमा गणेश मान सिहंक‍ो नेतृत्वमा ठूलो आन्दोलन पनि गरियो । आफू परियो जनता, सोझा साजा यो पनि थाहा थिएन काँग्रेस भनेको के हो र कम्युनिष्टण भनेको के हो ? त्यहिपनि लागियो आन्दोलनमा र प्रजातान्त्रिक बहुदलिए ब्यबस्था पनि लेरायौ र बिजयको हर्षोउल्लासका साथ दिपावली पनि मनाईयो ।  तर हामीलाई के थाहा कि यो हाम्रो जित हाम्रो मातृभूमीको पहिलो हार रहेछ । यो नै हाम्रो शान्त, सुन्दर र बिकाशको बाटोमा हिडिरहेको जन्मभूमी माथि देशद्रोहिहरुको पहिलो प्रहार रहेछ ।
हामी जनताहरु त मख्ख थियौ आफुले भोट दिएर जिताई पठाएको प्रधानमन्त्रि र मन्त्रिहरुले अब देश चलाए अब देशले अझ तिब्र गतिमा बिकाशको बाटोमा दौडने छ । तर यो जनताको सपना मात्र सपनैमा सिमित भयो । देशमा कलकारखानाहरु अझै थपिने भयो, नयाँ नयाँ रोजगारीहरु जनताले पाउने भए, नयाँ बाटाघाटाहरु खुल्ने भयो, पुराना बाटोहरु सबै कालोपत्रे हुने भयो, देशमा अझै शान्ति सुरक्षा बड्ने भयो । अझ बहुदलिय ब्यबस्थाको पहिलो प्रधानमन्त्रिले त नेपाललाई सिंगापुर नै बनाई दिन्छु भन्दा त नेपाली जनताहरुको खुशीको सिमा नै थिएन । तर जनताको यो खुशी २ बर्ष पनि टिक्न नपाउदै नेताहरुको असली रुप जनताको अगाडि आउन थाल्यो । जनताहरु अब अाफ्नो राम्रो हुन्छ भनेर राम्ररी सोच्न समेत नपाउदै यहाँ त उल्टै नेताहरुको पो दिन दुई गुना र रात चौगुना  उन्नति हुन थाल्यो जुन आज सम्म कायम नै छ । त्यस पछि शुरु भयो अनेक काण्ड र केस । पजेरो काण्डबाट देश लुट्ने नेताहरुको अभियान शुरु भएको लाउडा केस, सुडान काण्ड हुँदै अहिले फोर जी काण्ड, वाईड बडि काण्ड त के बालुवाटारको सरकारी जग्गा काण्ड सम्म आउदा पनि यिनीहरु अघाएका छैनन् । अब अझ यिनीहरुको के के काण्ड देख्न नेपाली जनताले बाँकि छ त्यो त भबिष्य द्रष्टा शिवजीलाई पनि थाहा छैन होला । यी सब काण्डमा पंचायतीकालमा बनेका सयैं कलकारखानाले आफ्नो अस्थित्व गुमाउन पर्यो र शुरु भयो देशमा रोजगारीको महामारी । यो महामारीले जन्म दियो बैदेशिक रोजगारी । यसले त झन् देशलाई युवा बिहिन बनाएर सम्पूर्ण देशलाई नै खोक्रो बनाईदियो । यो थियो हाम्रो राष्ट्र माथिको अहिले सम्मकै ठूलो प्रहार, नेपाली जनता र नेपाल देशलाई शक्तिबिहिन बनाउने, अपाङ्ग बनाउने, लाचार बनाउने ।
यसरी बिदेशी स्वार्थ अनुरुप हाम्रा नेताहरु आफ्नै देश, अाफ्नो मातृभूमीलाई भित्र भित्रबाट खोक्रो बनाउदै गए तर न कोहि जनताले चुक्क बोले न कुनै नेताहरुले । सब जनता तमासा हेर्दैमा मख्ख भने नेताहरु राष्ट्रवादको नाममा अाफ्नो ढुकुटि भर्नमा लागे, देशकोलागि कोहि चु सम्म पनि बोलेनन् । अब यस्तो अवस्थामा देशको हाल के होला सजिलै अनुमान लगाउन सकिन्छ । तर पनि देश जिबित थियो कारण राजतन्त्र । देशमा राजा हुनजेल राजा मालामा डोरी बसे जसरी बसि जनतामा एकता र देशमा अखण्डतालाई कसैले एक ईन्च पनि हल्लाउन सकेन । हितेसीका नकाब लगाएका हाम्रा शत्रु राष्ट्रहरु नेपाललाई केही गर्न नसके पछि, यो देशलाई टुक्रा टुक्रा पारेर तहस नहस पार्ने खेलमा लागे र जन्म भयो माओवादीको । माओवादीले जन्म दियो हत्या, हिन्सा, अत्याचार, दुराचार तथा अशान्ति र त्राशको । भन्न त माओवाद सर्वहाराको वर्गकोलागि भनियो तर त्यहि सर्वहारालाई दण्ड र मृतु र पुजीपतीलाई चन्दा लिई छोडिदीनी ती माओवादीमा लागेका गरिबहरुले बुझ्न नसक्दा १७ हजार भन्दा बडिले ज्यान गुमाउनु पर्यो । यतिमात्र नभई देश टुक्राउन जात र वर्गिय भावनाको अस्त्र चलाउन थाले र जन्म भयो जातिय र वर्गिय समुहको । यतिमा मात्र यो रोकियन र जन्म भयो संघियताको । अझै पनि यिनीहरुको चाललाई रोकिदियो राजा यानि राजसंस्थाले । यस पछि यी सबै कारणको नतिजा बन्न गयो राजपरिवारको हत्याकाण्ड र दोष आयो राजाका भाई ज्ञानेन्द्र शाहलाई । यो थियो यो देशमा अहिले सम्मकै सबै भन्दा ठूलो प्रहार र चलखेल जसले देश नै अन्धकारमा डुब्यो ।
हाम्रो यो भूमी आफैमा यति शक्तिशाली छ कि यति धेरै प्रहार र काण्डको च‍ोट खाएर पनि यो अझै उठि नै रहेको छ । देशमा यति सम्म गर्दा पनि नेपाल शान्त र सिंगो देशको रुपमा अटल रह्यो । त्यसैले हाम्रा हितेषी दुश्मनहरुको अर्को प्रहार भयो प्रचण्डको हातबाट देशबाट राजतन्त्र हटाई गणतन्त्र लेराउने । यो खेलमा पनि उनिहरु सफल भए । २०६३/६४ को अान्दोलनमा राजाले जनताको चाहना भनेर जनताको नासो जनतालाई फर्काई दिए त्यो पनि बिना रक्तपात हाँसी हाँसी आफ्नो ४५६ बर्ष लाम‍ो अाफ्नो पुर्खाको बिरासत राजगद्दी, श्रीपेच र राजडण्ड जनतालाई नै सुम्पिदिएर अाफु एऊटा साधारण जनता भई यसै देशमा बसि रहे । अब यो थियो हामी सारा नेपाली र हाम्रो देश माथि बिदेशी दुष्मनहरुको हाम्रै नेताहरुबाट गराईएको सबै भन्दा ठूलो कुठाराघाट भनु या आघात ।
अब त राजा पनि छैन र राजसंस्था पनि छैन, भने पछि नेपालको बिकाशको अवरोध त सकियो । अब त देशले बिकाशको बाटो लिन्छ, देशले कोल्टे फेर्छ भनेर नेताहरु र तिनका कार्यकर्ताहरु हर्षले गद गद भएका थिए । तर देश र जनताको बिकाश त कहाँ हो कहाँ नेताहरु र तिनका नातेदार र कार्यकर्ताहरुको पो बिकाश हुन थाल्यो । हिजो च्यातिएको लुगा र नाङ्गो खुट्टा राजधानी छिरेकाहरु राता रात नवधनान्ढयमा परिणत भए । हिजो झुपडिमा बस्ने आज बंगला र महलमा बस्न थाले । देशमा सुरक्षाको नाम मात्र बाँकि रह्यो । समाजमा शान्ति सुरक्षा दिने पुलिसहरु माथि नै आक्रमण हुन थाल्यो । पुलिसहरु आफ्नै रक्षा गर्न नसक्ने अवश्थामा पुगे भने जनताहरुको त के हाल छ अहिले यो हामी सामु छर्लङ्ग छ । सुरक्षाको नाममा एऊटा अबोध बालिकाको बलात्कार गरि निर्मता पुर्वक हत्या हुन्छ र सरकार संग न्याय माग्दा गृहमन्त्रि जस्तोको जवाफ हुन्छ ” देश भित्र यस्ता सानातिना घटनाहरु हुने गर्छ ।” र यसरी चलेको ब्यबस्थालाई नेपालमा लोकतन्त्र भनिन्छ । के यस्तै हुन्छ लोकतन्त्र ? के यस्तै हुन्छ दुई तिहाईको सरकार ? के यसैकोलागि जनताहरुले नेताहरुको साथ दिएका थिए ? हुन त यो देशमा जनताहरु कति नै छ र ? पूरा देश नै दलका कार्यकर्ताले भरिएका छन्। कार्यकर्ताहरु फेरि कस्ता भने नेताका अन्दा भक्त, नेताले जे भने त्यहि सत्य,  जे गर्यो त्यहि सहि, रातलाई दिन भने दिन र दिनलाई रात भने रात । यिनीहरुलाई देशको केहि मतलब छैन, मतलब छ त केवल पार्टिको । यिनीहरुलाई कस्ले भनिदिने कि देश रहे यिनीहरुले राजनिती गर्न पाउलान् तर देशै नरहे के राजनिती गर्ने ? यिनीहरुलाई कस्ले भनिदिने पार्टिको झण्डा भन्दा राष्ट्रको झण्डा ठूलो हो भनेर ? यिनीहरुलाई देश रहोस या नरहोस केहि मतलब छैन तर यिनीहरुको पार्टि, राजनितीक दल भने रहनु पर्यो ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -