Thursday, November 28, 2024
घरविचारनेपालमा इसाइकरण: धार्मिक युद्धको विजारोपण

नेपालमा इसाइकरण: धार्मिक युद्धको विजारोपण

– सन्तोष मिश्र

हामी देशभक्त नेपालीहरूले बुझ्नु पर्दछ कि पहिलृ हामी नेपाली हौं, हामी नेपालीहरूका आफ्नै विविध भाषा, संस्कृतिहरू छन् । विभिन्न जातजातीको आफ्नो अलग विशिष्ट पहिचान छ । त्यसको संरक्षण गर्न जरुरी छ । नेपालमा इसाइकरण अभियानले हाम्रा परम्परागत भाषा, संस्कृति, धर्म, रहनसहन, जीवनपद्धति, कार्यशैली राष्ट्रिय चरित्र सामाजिक, धार्मिक संस्कार सबै नष्ट, भ्रष्ट पार्न गइरहेको छ । प्रधानमन्त्री स्व. सुशील कोइरालाले मुलुकमा धर्म निरपेक्षता कायम भएको विषयमा मलाई पत्तै भएन, गिरिजाबाबुलाई समेत विस्तृत जानकारी थिएन, भार्मिक स्वतन्त्रताको पक्षमा हामी थियौं, धर्म निरपेक्षताले कसरी प्रवेश पायो, हामीले पनि बुझ्न सकेनौं’, भन्नु भएको थियो ।

हिन्दू धर्मको विरुद्ध नेपालका सबै राजनीतिक दलका केही शीर्ष नेताहरूले क्रिश्चियन मिशिनरीबाट उपलब्ध आर्थिक सहयोग लिएर धर्म निरपेक्षतालाई स्वीकार गरेको जग जाहेर छ । विराटनगरमा भएको गोली प्रहार धार्मिक युद्धको सुरुवात हो । अब हिन्दूवादी र क्रिश्चियन अनुयायीबीच भिषण युद्ध निश्चित छ । यो क्रिश्चियन ग्राइण्ड डिजाईन अन्तर्गत भएको गोली काण्ड हो । मंगोलियन अर्गनाइजेसनले गोली प्रहारको जिम्मेवारी लिएको सुनिएको छ । मंगोलियन अर्गनाइजेशन क्रिश्चियनहरूको सहयोगमा संचालित संगठन हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधान लागु भएपछि क्रिश्चियन धर्म परिवर्तन अभियान प्रारम्भ भयो । अहिले नेपालभर दिनदुनी रात चौगुनीका दरले धर्म परिवर्तन गरिएको क्रिश्चियन अनुयायीको संख्या ५५ लाख पुगेको अनुमान छ ।

पश्चिमा राष्ट्रहरूले विश्वको एकमात्र हिन्दू राष्ट्रलाई समाप्त पार्न ठूलो धनराशी र समय खर्चिएपछि त्यसको फलस्वरुप नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको हो । हरि रोका, सुभाष नेम्वाङ, गिरिजा प्रसाद कोइराला, कमल थापा, पुष्पकमल दाहाल। वर्षमान पुन, कृष्णबहादुर महरा, केपी ओली लगायतलाई अहिले क्रिश्चियनको पैसाले छानी भत भत पोलिरहेको छ । गिरीजा प्रसाद कोइराला मरेर गएपनि बाँचेका पार्टीका नेताहरूलाई धार्मिक द्वन्द्वको ज्वालाले छाड्ने छैन । ब्रिटिस इसाइ साम्राज्यका सामु वीर नेपाली हिन्दू सैनिकहरू अन्तिम समयसम्म डटिरहेको कारण हिन्दू राष्ट्र नेपालको अस्तित्व रहेको इतिहासलाई हामीले भुल्नु हुँदैन ।

तत्कालीन इस्ट इण्डिया कम्पनीले भारतमा बसेर नेपालका केही मानिसलाई दलाल बनाएर नेपालमा चलखेल गर्न पठाएका थिए । नेपाल पसेका क्रिश्चियन पादरीलाई राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले त्यतिखेर देश निकाला गरेझैं आगामी दिनमा नेपालमा रहेका सबै क्रिश्चियन दलालहरू नेपालबाट भुस्याहा कुकुरलाई लखेटेझैं लखेट्नु पर्दछ । नेपालमा क्रिश्चियन धर्म फैलाउने र नेपाली वृद्धिष्ट र हिन्दूहरूलाई क्रिश्चियन धर्म परिवर्तन गराउने अधिकार उनीहरूलाई छैन । धर्म परिवर्तन अभियानमा लागेकाहरू धार्मिक अपराधी हुन् । उनीहरूलाई दण्ड दिन अनिवार्य छ । धार्मिक स्वतन्त्रता, धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन अभियान चलाउन दिने नेपाल सरकार पनि दोषी छ । पार्टी सरकार र पार्टी व्यवस्थाले नेपालको आवश्यकता र जनताको चाहना विपरित धर्म परिवर्तन अभियान संचालन गर्न दिई भीषण द्वन्द्व निम्त्याइरहेका छन् । हिन्दू धर्म सनातन धर्म हो । हिन्दू धर्म संस्कृति बहुसंख्यक नेपालीहरूको जीवन पद्धति हो । नेपालीहरूको जीवन पद्धतिमाथि धावा बोल्ने प्रयास कहिं कतैबाट हुन्छ र हिन्दू धर्ममाथि क्रिश्चियनहरूबाट कायरता प्रस्तुत गरिन्छ भने त्यो मान्य र क्षम्य हुन सक्दैन । इसाइहरूको चक्रव्यूहमा परेर विरोधीहरूले विशाल नेपाल निर्माणमा सबैभन्दा बढी योगदान दिने बहादुर शाहलाई जेलनेल ठोकेर तातो तेल छ्यापेर मराउन सफल भएको क्रूर इतिहासलाई हामीले बिर्सन सक्दैनौं । इसाइहरूको यस्तै छलछाम र षड्यन्त्रमा परेर नेपालले सुगौली सन्धीको नाममा आफ्नो दुई तिहाई भूभाग गुमाउने अवस्था सिर्जना भयो । त्यतिखोर भारत ब्रिटिसको उपनिवेश थियो । हिन्दू सम्राट भनिएका राजा वीरेन्द्रको वंशनाश गर्न भारतीय जासुसी संस्था ‘रअ’ पश्चिमी राष्ट्रका क्रिश्चियन एजेण्टको मिलोमतो र षड्यन्त्रमा भएको आशंका गर्ने प्रशस्त ठाउँ छ ।

युरोप, अमेरिका लगायत पश्चिमम मुलुकहरूले नेपाल लगायत अन्य एशियाली मुलुकहरूमा समानता, न्याय र मानव अधिकारको नाममा विभिन्न एनजिओ, आइएनजिओ मार्फत खुलेयाम धर्मको बेचबिखन गराईरहेका छन् । नेपालको जातीय, भाषिक एवं सांस्कृतिक विविधतालाई नष्ट पार्न नेपालमा जातीय संघ संगठनहरू विस्तार गर्न उनीहलाई आर्थिक प्रलोभनमा पारी काम नगरी खाने वातावरण सिर्जना गराईने र अन्तमा आर्थिक नाकाबन्दी गराई मान्छेले मान्छेको मासु खाने स्थिति सिर्जना गर्न पश्चिमा देशहरू सक्रिय छन् ।

खस क्षेत्री, ब्राह्मणको समूल नष्ट गर्न उनीहरूले मंगोलियनहरूलाई उचालिरहेका छन् । जसले गर्दा निकट भविष्गयमा नै जातीय र धार्मिक द्वन्द्व नियन्त्रणभन्दा बाहिर गएर भीषण युद्ध हुन जाँदा जनधनको ठूलो क्षति हुने संभावना छ । नेपाली–नेपालीहरूलाई एक आपसमा लडाई, फुटाउ अनि शासन गरको रणनीतिक अस्त्रबाट नेपाललाई सखाप पार्ने महाअभियानमा नेपालीहरूलाई नै प्रयोग गरिएको छ । हवाई जहाज मार्फत वेदभूमि विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालमा क्रिश्चियन धर्मको मूल ग्रन्थ बाइबल भित्र्याइ गाउँ–टोल बस्तीका घर–घरमा गएर नेपालीहरूलाई जबरजस्ती आस, त्रास र प्रलोभनमा पारी तत्काल नगद सहयोग समेत गरेर इसाइ बन्न बाध्य पारिसकेको छ । इसाई बनाउने अभियान तत्काल निषेध गरिनु पर्दछ । क्रिश्चियनका एजेण्टहरूलाई गाउँवस्तीबाट लखेट्न र वहिष्कृत गर्नु पर्दछ । मान अधिकारको आडमा रातारात आफ्नो पुर्खाको परापूर्वकालदेखि चल्दै आएको धर्म छाडेर क्रिश्चियन बन्न पुगि घर परिवार समाज अनि राष्ट्र नै विखण्डन गर्न पुगेका क्रिश्चियनहरू नेपालका लागि अतिवादी र आतंकवादी भन्दा पनि बढी खतरनाक हुन् । नेपालमा धर्म निरपेक्षता सबै धर्मलाई समान नजर भन्दा पनि हिन्दू विरोधी मानसिकता हो ।

२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -