२०८१ चैत्र २१ गते, बिहीबार ०१:२१

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

बास्केटबल विकासका लागि त्रिपक्षीय सम्झौता

२१ चैत, काठमाडौं ।  नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ । विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । बास्केटबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास […]

प्रचण्डको त्यो फोन, जसले राजीनामा दिन बाध्य भए शर्मा

२१ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । लगत्तै प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले पार्टी अध्यक्षको निर्देशनलाई चुनौती दिँदै विश्वासको मत लिएर मात्रै सत्ता छोड्ने अडान लिएका थिए । […]

नाउपाका सांसदलाई पदमुक्त गर्ने तयारी, संकटमा मुख्यमन्त्री

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्यहरुलाई लेखेको पत्र र पदमुक्त गरिएकी सांसद इन्दिरा गिरी । २१ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो भएको छ । पार्टी अध्यक्ष र संसदीय दलका नेताले अलग अलग ह्वीप जारी गरेका छन् भने एक सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पुगेको छ । प्रदेशसभा […]

दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

२१ चैत, काठमाडौं ।  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २७३ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो । यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा […]

कांग्रेसको चेतावनीले रोकिए गृहमन्त्री

२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार संसदमा बोल्न पाएनन् । प्रतिनिधिसभामा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम चलिरहेको छ । गृह मन्त्रालयसँग जोडिएको विषयमा जवाफ दिन गृहमन्त्री लामिछानेले सभामुखसँग समय मागेका थिए । प्रधानमन्त्री वा कुनै […]

श्रममन्त्री अर्याल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विकास साझेदारहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका […]

२०२६ को एसियाली खेलकुदमा स्वर्ण र कम्तीमा १० पदकको लक्ष्य छ : सदस्य सचिव घिसिङ

२१ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले सन् २०२६ को एसियाली खेलकुदमा स्वर्ण पदकसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । राखेपको वार्षिक उत्सव कार्यक्रममा उनले मिसन २०२६ सुरु गरेको भन्दै स्वर्ण पदक र कम्तीमा १० पदक जित्ने लक्ष्य सुनाएका हुन् । उनले खेलाडीले खेलेर के पाइन्छ […]

ताइवानमा भूकम्पमा परी नौ जनाको मृत्यु, करिब ९०० जना घाइते

काठमाडौँ । ताइवानमा गएकोे २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् । करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो । केन्द्रबिन्दु पूर्वी […]

राखेप वार्षिक उत्सवमा खेलाडी पुरस्कृत, सुष्मा र दीपक सर्वोत्कृष्ट

२१ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा बुधबार ५ खेलाडीसहित १८ जना सम्मानित भएका छन् । बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सका दीपक अधिकारीले सर्वोत्कृष्ट खेलाडीको सम्मानसहित जनही १ लाख रुपैयाँ पाए । नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली […]

नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटनसत्रमा उहाँले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको हो । “नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता […]