Friday, April 12, 2024
घरसमाचारबास्केटबल विकासका लागि त्रिपक्षीय सम्झौता

बास्केटबल विकासका लागि त्रिपक्षीय सम्झौता

२१ चैत, काठमाडौं ।  नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ ।

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बास्केटबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । यसअघि नेपाल रग्बी संघ र नेपाल ब्याडमिन्टन संघसंग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments