– ज्योति दाहाल
बन्द ढोका l भित्रबाट बाहिर र बाहिरबाट भित्र कोही आए/गएको छैन l ढोका एकैपटक बिहान मात्र खुल्छ त्यो पनि घरेलु काम गर्ने आएपछि l यस्तो अवस्थाको घरभित्र १४ वर्षीय छोरी आफ्नै ओछ्यानमा मृत भेटिन्छ l आवासीय घरेलु कामदार बेपत्ता l प्रथम शङ्का उसैमाथि तर, माथि नै घरको स्थिति उल्लेख गरिएको छ l
अब को होला हत्यारा ?
कामदारको खोजी पहिलो प्राथमिकता दूर्भाग्य उ पनि घरको छतमा मृत फेला l अब शङ्का गर्नुपर्ने त्यो घरमा बस्ने दुइजना बाँकी रहे १४ वर्षीयको छोरीको मातापिता l
स्थानीय प्रहरी असफल भएको भन्दै CBI (सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन) लाई जिम्मा दिइयो l CBI ले पनि हत्या गर्ने को हो भन्न सकेन आज पनि यो घटनाको दोषी को हो पत्तो लागेको छैन l
परिस्थितिजन्य प्रमाणले आमा र बाबुमध्ये एक हुनुपर्ने देखिन्छ तर, दशीले पुष्टि हुन्न l
यो भयो भारतको आरुषी हत्याकाण्ड
भारतमा CBI लाई शसक्त अनुसन्धान संस्था मानिन्छ l यसले सत्यम कम्प्युटर घोटाला काण्डको अनुसन्धान गर्न ३३ महिना लगाएको थियो l
एउटा मेडिकल कलेजको परीक्षाको पनि अनुसन्धान गरेको थियो l यसमा ४७ जना मारिएका थिए l एकजना मेडिकल प्रोफेसरले यो काण्डलाई बाहिर ल्याएका थिए l यस काण्डमा कलेजका डीन, नक्कली परीक्षार्थी अभिलेख शाखालगायतका कर्मचारी हत्या भएको थियो l
भारतको गोवामा २००५ देखि २०१४ सम्म ६ जनाको शृंखलाबद्ध हत्यामा दोषी देखिए पनि प्रमाणको अभावमा कसुरदार ठहर हुन सकेको थिएन l घटनाक्रमले दोषी देखाएको थियो l ब्यारोमाक्सिन भन्ने रसायन खुवाएर हृदयाघात गराई मारिएको यो घटनामा ब्यारोम्याक्सिन कहाँबाट प्राप्त भयो भन्ने विषयमा प्रहरीले लामो अनुसन्धान गरेको थियो l यो रसायन प्रतिवन्धित थियो अर्थात सहज किन्न पाइन्नथ्यो l यस्तो चिज प्राप्त हुनसक्ने सम्भावनाको खोजी गर्न समय लागेको थियो l स्वाभाविक मृत्यु भनेर गाडिएको ५ वटा लाश झिकेर कंकालको फोरेन्सिक जाँचसमेत गर्नुपरेको थियो l
अपराध अनुसन्धान जटिल कुरा हो । सरकारसँग सम्पूर्ण संयन्त्र छ तैपनि अपराध अनुसन्धान केरकार र वयानमै सिमित छ । टाकनटुकुन यताउताका कुरा जोडजाड पारेर मुद्दा लिएर अदालत गयो l अदालतले भावनालाई प्रमाण मान्दैन l दशी प्रमाणले पुष्टि गर्नुपर्छ l अनि आरोपीले छुटकारा पाउँछ l कानुनमा हजार जना दोषी छुटुन तर, एकजना पनि निर्दोषले सजाय पाउनुहुन्न भनिन्छ l
अधिवक्ता दाहालको फेसबुक वालबाट साभार