– चिरञ्जीवी आचार्य
राजतन्त्र अन्त्य भएको १० वर्षमा उल्लेखनीय दष्न उचयवभअत हरु देखिदैनन् । यदि सुरु गरिएको हुन्थ्यो भने आज फास्ट ट्र्याक बनिसकेको हुन्थ्यो । महेन्द्र राजमार्ग चारलाइन भैसकेको हुन्थ्यो । पृथ्वी राजमार्ग फराकिलो भैसकेको हुन्थ्यो । अरनिको राजमार्ग फराकिलो भएको हुन्थ्यो । वीर शमशेरद्वारा निर्मित वीर हस्पिटल संसारको सस्तो, सुलभ र निम्न वर्गकालागि सुविधा सम्पन्न अस्पताल हुन सक्थ्यो । चाहेको भए करिब तीन वर्ष अगाडि महाभुकम्प पश्चात् भत्किएको धरहरा पुन: उठिसकेको हुन्थ्यो । चाहेको भए संसारकै डेन्जर जोनमा पर्ने एयरपोर्टको विकल्प स्वरूप भैरहवाको सिद्धार्थ गौतम एयरपोर्ट बनिसकेको हुन्थ्यो । खै किन बनेनन् ?
राष्ट्रिय सम्पतिका रूपमा रहेका दुई दर्जन उद्योग कलकारखाना कबाडीको भाउमा बेचियो तर पुनर्जीवन दिन सकिन्थ्यो यो दश वर्षमा । यदि साँच्चिकै नेताहरुको विकासप्रति अधिक चासो हुन्थ्यो भने कृषि औद्योगिकरण, नयाँ प्रवृधि आधुनिक औजार र कृषकलाई उत्साहित बनाउन सरकारद्वारा योजना आउँथे । शिक्षा क्षेत्रमा बाहिरीएको रकम रोक्न सरकारकै मातहतमा युग सुहाउँदो शिक्षाका लागि थुप्रै स्कुल, कलेज र युनिभर्सिटी बन्न सक्थे । करोडौं उपचारमा बाहिरीने रेमिटेन्स यदि सरकार नियन्त्रण गर्न चाहान्थ्यो भने सरकारी मातहतमै मेडिकल कलेजहरु निम्नको पहुँच सम्म पुग्नेगरी खुली सकेका हुन्थे । हरियो वन नेपालको धन यदि सहि रूपमा उपयोग गरे संसार भर यार्सागुम्बा जस्ता जडिबुटी निर्यात गर्न सकिन्थ्यो । लाखौं प्रजातिका जडीबुटी रहेको ठाउँमा विभिन्न देशबाट आउने हर्वो इन्टरनेशनल, युनिटी लाइफले करोडौं कुम्ल्याएर भाग्दैन थिए यदि नेपालमै सबै कुरा उपलब्ध भएको भए । चाइनिजद्वारा संचालित डिएक्सनको नाममा अहिले बजारमा आएको चाइनिज जडिबुटी बेच्ने तर पुर्णत: सरकारलाई कर नतिरेको कम्पनी नेपाल लगायत बिस्वका धेरै देशमा नेपाली एजेन्ट प्रशस्त पाइन्छन् यदि नेपालको जडिबुटी यस्तै एजेन्टको माध्यमबाट विश्व बजारमा पुगेको भए सायद गौरव गरिन्थ्यो । हरियो वन भएर के गर्नु मलेसियाबाट सालका बिज ल्याएर ब्याड राख्न बाध्य छन् सामुदायिक वनहरु यदि । त्यो यतै उत्पादन गर्न सकेको भए रेमिटेन्स मार्फत विदेसीएको पैसा नेपाल मै रहन्थ्यो ।
कृषिप्रधान देश जहाँ भात खान कठिन छ अरु के कुरा गरौं र ? बहुदल आउनु भन्दा अगाडि चामल दाल लगायत थुप्रै जिन्सी सामान बंगलादेश निर्यात गर्ने देश अहिले खै के भयो ? बहुदलीय व्यवस्थाको आगमनसँगै जनतामा उत्साह छायो आशाहरु पलाए तर ती आशाहरुको तुसारापात हुँदै गयो एकपछि अर्को गर्दै । ओहो भएन, यो सबैको तगारो त पारिवारिक राज गरिएको जहानियाँ शाह बंश हो भनियो, त्यो हो भने लौ त भन्दै होस्तेमा हैसे गर्दै त्यो पनि फालियो पुन: आशा गरियो तर सानै देखि लगाएको बानी के सुधार हुन्थ्यो र ? पुन: विकास भन्दा अप्रिय घटना सडक देखि सदनसम्म हुँदाहुदै देश नै विभाजन गर्न तम्सिने शक्ति समेत देखा परे । अधिकारका नाउँमा बाहिरी शक्तिका गोटी बन्ने प्रवृत्ति बन्यो । भारतीय राजदुतावासले गणतन्त्र चलाएको जस्तो देखिन्छ प्रत्यक्षरूपमा अदृश्य शक्ति त धेरै होलान । जनतालाई चाहिएको गणतन्त्र यस्तो त पक्कै होईन होला जहाँ नेता कार्यकर्ताका छोराछोरी पढाउन चुनाव खर्च माग्न बिरामी हुदा उपचार खर्च माग्न छोराछोरीको बिहे खर्च माग्न, राजदूतावास धाउन परोस् । यदि साँच्चिकै नेता सचेत भैदिएका भए आज यत्रतत्र मिनरल वाटर फ्याक्ट्रीबाट विदेश पानी निर्यात भैरहेको हुन्थ्यो । स्केटिङ गेमको आयोजना यतिबेला नेपालले गरिरहेको हुन्थ्यो संसारका दश मध्ये आठ हिमालय हामीसँग छन तर सोंच गरिब हुनाले देश गरिब बनेको छ । मजदुरको सुकासुका जोडेर पठाएको रेमिटेन्स करोडौंका हिसाबले औषधि खर्च भन्दै कुम्लाउँ छन् ।
चिया खर्च मात्रै ७ अरबको बिल पेस गर्छन् । करोडौं कमाउनेले भाषण गर्दा गाँस, बास र कपासको समस्यासँग जुध्दै गरेकाले दाँतेबह खाँदै ताली बजाउने शासनलाई गणतन्त्र भनिएको हो भने मान्न तयार छैनन् जनता । एउटा सिटामोल नपाएर नुनको ढिक्का खोलेमा मिसाएर खान नपाउने देशका जनता गणतन्त्रको परिभाषा कसरी बुझ्लान ? अभिभाकत्व ग्रहण गरियो भन्दै एक बच्चासँग सेल्फी खिचेर सेलेब्रेटी बन्नु गणतन्त्र हो ? मजदुरका खुन पसिना खाएर करोडौंको महल करोडौंको गाडी चढ्नु गणतन्त्र हो ? अस्पतालमा गएर दुइचार जना बिमारीलाई फलफूल बाँडेर सेल्फी लिएर सेलिब्रेटी बन्नु गणतन्त्र हो भने चाहिएन तिम्रो गणतन्त्र लैजाउ तिम्रो गणतन्त्र । सेलेब्रेटी काम हैन मनदेखि दीर्घकालीन काम गर जसको कारण गणतन्त्रको नाउँ रोशन होस । नत्र वाहियातको गणतन्त्र वाहियातको संघीयता यता चाहिंदैन । नेताहरू भनेका तलबमा काम गर्ने कर्मचारी हुन् भन्न थाले, हिजो गणतन्त्रका लागि ज्यान आहुती दिनेहरुका परिवारले तर नेताहरुको सोचमा परिवर्तन आउँदैन । गणतन्त्र त आयो तर जनताको विश्वास गुम्दै गयो राजनीति प्रतिको जागेको आसा मर्यो भने पक्कै अनिष्ट हुनेछ हेक्का रहोस् गणतन्त्रका नयाँ नेपालका भुरेटाकुरेहरुलाई ।
हिजो राजाद्वारा निर्मित स्कुलमा पढियो । जसको नाउँ थियो महेन्द्र मावि, हिजो राजाले बनाएका विश्वविद्यालयमा पढियो जसको नाउँ थियो त्रिभुवन विश्वविद्यालय, हिजो राजाले निर्माण गरेका सडक उपयोग गर्दै हिडियो जसको नाउँ महेन्द्र राजमार्ग हो । काठमाडौ आउँदा रोजगार नेताका नाता र भरौटेसम्म सिमित थिए तसर्थ राजाद्वारा निर्माण गरिएको एयरपोर्ट जसको नाउँ त्रिभुवन बिमानस्थल छ, बाट बाहिर आइयो । जहाँ काम गरिन्छ त्यो पनि राजतन्त्रक मुलुक छ यहीँबाट परिवार पालिएको छ । सकेजति पढाइएको छ आखिर गणतन्त्र आएर के भयो र ? सबै राजतन्त्रतात्मक सम्पत्ति उपयोग गरेका हामी जस्तालाई गणतन्त्रको स्वाद चाख्ने मन हुँदाहुँदै देश रहने नरहने वा पुन: राजतन्त्र आउने टुंगो छैन । सिंहदरबार देखि बालुवाटार सबै राजतन्त्र भएकै बेला बनेका थिए । राजतन्त्रको नाउ कुनै संघ र संस्थाबाट हटाउँदैमा गणतन्त्रको आभास जनताले गर्दैनन् बरु गणतन्त्र युनिभर्सिटी खोल्नुस्, गणतन्त्र मेडिकल कलेज खोल्नुस्, गणतन्त्र मिनरल वाटर कम्पनी खोल्नुस्, गणतन्त्र कृषि कम्पनी खोल्नुस्, गणतन्त्र जडिबुटी कम्पनी खोल्नुस्, अन्यथा नाउँ मेटाएर श्री ५ हटाउँदैमा गणतन्त्र भन्दै गर्व नगर्नुस् नेता ज्यु ।
धर्म निरपेक्षता खै कताबाट स्वात्तै छिराइयो थाह भएन । २०६२/६३ को नारा नै हैन त्यो तर पनि छिराइयो । धर्म निरपेक्ष भन्या कुनै जात र धर्मलाई गाली गलौज गर्ने हिसाबले परिचालित छन् थुप्रै युरोपेली संस्थाहरु त्यो नितान्त गलत हो । नेताहरुकै अभिव्यक्तिले त्यो स्थान ओगटेको छ । आफुलाई कम्युनिस्ट भन्नेहरू चीन हेर्दैनन्, क्युवा हेर्दैनन्, जर्मन हेर्दैनन् त्यहाँ पनि त चिनमा बौद्ध, जर्मनमा इसाइकै पुरानो रुपको धर्म अर्थात् यहुदी क्युवामा क्रिश्चियन, भियतनाममा बौद्ध, कोरियामा बौद्ध धर्म छदै छ त झ् आफ्ना धर्म र सांस्कृतिक सभ्यता विश्वमा प्रचारप्रसार गर्न खरबौ डलर खर्चिने देश छन् । विश्व मानचित्रमा तर हाम्रा देशका कम्युनिस्ट आफ्नो बेचेर अर्काको खरिद बिक्री गर्दैछन । जो देशमै धार्मिक युद्धको खतरालाई नकार्न सकिन्न कुनै दिन चपेटामा पर्छ । धार्मिक सहिष्णुता रहेको देशमा एक्कासी धर्म निरपेक्षताको घाँडो भिराइदिंदा रन्थनिएको छ धर्म र संस्कृति । जातीय विभेद धर्मले होईन ब्यक्ति र सामन्ति समाजले गर्ने हो गर्छ कुरिती हटाएर आफ्नो धर्म र सस्कृतिको सरक्षण आजको आबस्यकता हो ।
२०६४ पछि माओवादी निकट देखिएका जिल्ला रोल्पा र रुकुममा हेर्नुस चर्च नै चर्च छन् जसको काम समाजमा भाँडभैलो बनाउनु एक धर्म र अर्को धर्मको बीच घृणा पैदा गराउनु हो । होस् आओस्, वर्तमान सरकार बाँकी त के नै भन्न सकिन्छ र भिरबाट लड्दै गरेको गोरुलाई रामराम भन्दा फेरिपनि बौद्ध, हिन्दु, किराँत जैन, सैव धर्महरु कालान्तरमा लोपोन्मुख धर्म बन्ने पक्का छ ।
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित