२९ साउन, काठमाडौं। नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास आइटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सहकार्य भएको छ ।
मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आइटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आइटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् ।
नेपालको आइटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुवै संस्थाबीच सहकार्य गरिएको नास आइटीका अध्यक्ष रिचन श्रेष्ठले बताए ।
उनका अनुसार नेपालको आइटी उद्योगलाई बलियो बनाउन र सशक्तिकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।
यस्ता प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आइटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आइटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिदा डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।
नास आइटी के हो ?
नास आइटी नेपालको अग्रणी गण नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आइटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।
नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पश्चवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।