२०८२ माघ २४ गते, शनिबार ०२:०३

केपी बाको स्टारडम, सुनिताको मुस्कान : कुन नेताको के राम्रो ?

जब नेताको कुरा आउँछ, नेपाली समाज पीठ फर्काएर बसिदिन्छन् । अर्थात् उनीहरुलाई नेताको अनुहार हेर्नु छैन, नेताको कुरा गर्नु छैन, नेताको कुरा सुन्नु छैन । गाउँघरमा नेताहरु विकासे नारा बोकेर भाषण गर्न पुगे के भन्छन् ? यसको सटिक जवाफ त राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिइसकेका छन् । र, त्यो बिटुलो शब्द यहाँ लेखिरहनु परेन । तर, यो भीडमा केही नेता यस्ता छन् वा नेताका केही यस्ता पक्ष छन्, जो तारिफयोग्य छन् ।

सन्त–महात्माहरु भन्ने गर्छन्, ‘सम्यक दृष्टि लगाऔं । सकरात्मक सोच ।’ यही कुरा शिरोधार्य गर्दै हेर्दा हाम्रा नेताहरु कस्ता देखिएलान् ?

‘केपी बा वि लभ यु’

२०७७ साल चैत महिनाको कुरा हो । दशरथ रंगशालामा थ्री नेसन्स कपका लागि बंगलादेश र नेपालबीच भिडन्त हेर्न पुगेका थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रतियोगितामा नेपालले उपाधि जित्यो र मैदानमा खुसी साट्न उभिए, ओली । ठीक यही बेला नेपाली खेलाडीहरुले स्वरमा स्वर मिलाउँदै हुटिङ गरे, ‘केपी बा, वी लभ यु ।’

यो कुनै नियोजित नारा थिएन, स्वत:स्फूर्त थियो । उनीहरु कुनै पार्टीका सदस्य थिएनन्, स्वतन्त्र थिए । र, त्यो नारा कुनै पार्टी अध्यक्ष वा प्रधानमन्त्रीका लागि थिएन, केपी बाका लागि थियो ।

केपी बा । यो नामप्रति बेग्लै क्रेज छ, नेपाली समाजमा । जहाँ–जहाँ केपी ओली पुग्छन्, उत्सुक भीडले घेरा हाल्छन् । सेल्फी खिचाउँछन् । हात मिलाउँछन् । र, उमंगले कराउँछन्, ‘केपी बा, केपी बा ।’ पार्टीका कार्यकर्ता वा उनका समर्थक मात्र होइनन्, राजनीतिबाट बाह्र हात पर रहेका सर्वसाधारणलाई पनि केपी बा देख्नासाथ फूर्ति बढिहाल्छ । बुढापाकादेखि बालबच्चासम्म उनका ‘फ्यान’ छन् ।

राजनीतिमा उधुम मच्याएर प्राप्त क्रेज होइन यो । बरु, हास्यरसयुक्त रसिला–चोटिला वाक कौशलले सर्वसाधारणलाई लोभ्याएको हो । तामझामसहितको उपस्थिति, दर्बिलो आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, सानोतिनो कम्पन पैदा गर्ने भाषणकला र स्टनबाजीले पनि उनीप्रतिको यो आशक्ति बढाएको छ । त्यसैले त कतिपय भन्छन्, ‘उनी सेलिब्रेटी नेता हुन् ।’

बालेनको स्टारडम

अक्सर कालो चस्मा लगाउने, टिसर्टमाथि कोट पहिरिने, फिटिङ्स जिन्स लगाउने बालेन जसै सार्वजनिक ठाउँमा उभिन्छन्, उनीसँग सेल्फी खिच्ने भीड ओइरिन्छ । यसअघि काठमाडौं महानगरका मेयर को भए वा थिए ? थाहापत्तो नपाउने पुस्तामाझ पनि बालेन चिरपरिचित छन् । त्यसैले त जहाँ जहाँ बालेन पुग्छन्, यस्तो लाग्छ कि त्यहाँ कुनै ‘हिरो’को इन्ट्री हुँदैछ ।

कतिसम्म भने, उनी उपस्थित कार्यक्रममा अरु ‘अतिथिगण’ ओझेलमा पर्छन् । केही वर्षअघि बसन्तपुरमा इन्द्रजात्रा हुँदै थियो । त्यहाँ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा हाजिर थिए । तर जात्रा हेर्न आएका हजारौं दर्शकले बालेनलाई देख्नसाथ यसरी ‘हाई–हाई’ गरे कि ती ‘हाइप्रोफाइलहरु’ हेरेको हेर्‍यै भए ।

बालेन धेरै बोल्दैनन्, भाषणबाजी गर्दैनन्, अन्तर्वार्तामा छ्यापछ्याप्ती छाउँदैनन्, अनेक फन्डा गर्दैनन् । तर झोंक चल्यो भने सामाजिक सञ्जालबाटै यसरी आफूलाई व्यक्त गर्छन् कि, त्यसले सानोतिनो त भुईंचालो ल्याउँछ ।

उनी हक्की छन् । निडर छन् । कुरा चपाउँदैनन् । कुरा घुमाउँदैनन् । मनमा लागेको कुरा सोझै ठोकिदिन्छन् । बालेनको बानीव्यवहार हेर्दा यस्तो लाग्छ मानौं फिल्म ‘पुष्पा’को यो संवाद उनकै लागि लेखिएको हो, ‘झुकेगा नहीं साला ।’

सुनिताको मुस्कान

सुनिता डंगोल । यो नाम सम्झनासाथ तपाईंको दिमागमा कस्तो चित्र बन्छ ? नि:सन्देह मन्द मुस्कानसहितको एउटा सौम्य अनुहार । सुनिता डंगोललाई खास बनाउने त्यही मुस्कान हो, जो हरदम उनको ओठमा देखिन्छ । चाहे अन्तर्वार्तामा होस् वा कुनै सभा-समारोहमा, उनी उसैगरी मुसुमुसु हाँसिरहेको देखिन्छन् । दुई हात जोडेर भोट माग्दै हिंड्दा होस् वा उपमेयरको कुर्सीमा बसेर बहस गरिरहँदा उनी हाँसिरहेकै हुन्छन् । अक्सर नेताको एउटा साझा प्रवृत्ति हुन्छ, भाषण गरिरहँदा रातोपिरो भएर चर्को–चर्को स्वरमा बोल्ने । तर सुनिता अपवाद हुन् जो मुसुमुसु हाँस्दै भाषण ठोक्छिन् ।

न विवादित छन्, न स्टनबाजी गर्छन् । भ्रमको खेती गर्दैनन्, कसैप्रति वैरभाव जगाउँदैनन् । सधैं उस्तै र उही रहन्छन् ।

त्यसो त उनी ग्ल्यामर क्षेत्रबाट राजनीतिमा आएका हुन् । नेता बन्नुअघि उनी एक स्थानीय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी थिइन् । रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रुपमा पनि धेरैले उनलाई चिन्ने गरेका छन् ।

रवि लामिछानेको फूर्ति

बोलीचालीमा फूर्ति र फूर्तिलो शब्दबीच थोरै भेद छ । फूर्तिलाई मान्छेले नकारात्मक वा दम्भको रुपमा पनि बुझ्ने/बुझाउने गर्छन् । तर यहाँ फूर्तिलाई त्यसरी अनर्थ लगाइएको छैन । त्यसैले यहाँ फूर्ति भन्नले फूर्तिलो भनी बुझ्नुपर्ने हुन्छ ।

रवि लामिछानेको अरु कुरा बिर्सनुहोस्, उनी कम्ता फूर्तिलो देखिंदैनन् । उनी जोशिला र जाँगरिला देखिन्छन् । उनी त हिंड्दा पनि यस्तो देखिन्छन् मानौं दौडिरहेका छन् । यस्तो गतिशीलता अरुमा कहाँ देखिन्छ ?

फटाफट हिंड्ने, जोडदार बोल्ने, सफाचट हुने उनी ताजा र चिरिच्याट्ट देखिन्छन् सधैंजसो । हाई काड्दै बस्ने, अल्छी मान्दै सुस्ताउने, झर्को मान्दै बटारिने प्रवृत्ति उनमा छैन, जो अरु थुप्रै नेतामा देखिन्छ ।

कर्मठ हर्क साम्पाङ

साँझ पर्नासाथ फेसबुकमा खेल्ने दोहोरी, अरुलाई चिड्याउँदै गाउने बेसुरो गीत, कहिल्यै नछाड्ने ढिपी बिर्सिएर हर्क साम्पाङलाई हेर्नुहोस् त । उनी कस्ता देखिन्छन् ? साह्रै इमानी र कर्मठ ।

न उनलाई विदेश जाने अफरले लोभ्याउँछ, न शान–सौकातको जीवनशैलीले आकर्षित गर्छ । न कसैको धाक–धमासले तर्साउँछ, न कसैको प्रभावले पगाल्छ । चाहे गतिला नेता–मन्त्रीसँग, चहकिला सेलिब्रेटीसँग भेटघाट गर्दा होस् वा श्रमिक–मजदुरसँग, उनी उस्तै र उही रुपमा प्रस्तुत हुन्छन् । न आफूलाई ठूलो देखाउँछन्, न सानो नै ।

सुकिलो–मुकिलो भई घुम्ने मेचमाथि बसेर गफ हाँक्ने वा रिबन काट्दै, भाषण छाट्दै हिंड्ने रहर उनमा देखिंदैन । बरु कम्मरमा खुकुरी भिरेर, खुट्टामा गमबुट लगाएर कहिले पानीको पाइप बोक्ने, कहिले ढुंगा बोक्ने गरिरहेका हुन्छन् । अरु कुरालाई छाडेर हेर्दा उनी सरल र कर्मयोगी देखिन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM