२०८२ माघ २८ गते, बुधबार ०९:२०

माओवादी निष्कर्ष : प्रचण्डको विकल्प छैन

२९ साउन, काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि केन्द्रीय समिति बैठकको मिति तय गर्दै बैठक सकिने छ । नेताहरुका अनुसार यो बैठकबाट न कुनै प्रस्ताव आउँछ, न संगठन र नेतृत्वबारे निर्णय नै हुन्छ ।

सरकारबाट हटेपछि माओवादी निरन्तर बैठकमा छ । सुरुमा पदाधिकारी बैठक राखेका प्रचण्डले त्यसपछि स्थायी समिति बोलाए । शुक्रबार सुरु भएको बैठकमा शनिबार उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै धारणा राखे । नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने शर्माको प्रस्तावले ठूलै तरंग ल्यायो ।

तर स्थायी समितिमा बोल्ने धेरै नेताहरुले भने प्रचण्डको विकल्प नभएको मत राखेका छन् । ‘प्रचण्डमा कमजोरी छ, राम्रो पक्ष पनि छ, तर उहाँको विकल्प छैन भन्ने धेरैको मत छ’, एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रचण्ड रुपान्तरण हुनुपर्छ र पार्टी रुपान्तरणको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’

नेताहरुले सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गर्दागर्दै प्रचण्डले सरकार छाड्नु परेको भन्दै यस्तो बेला नेतृत्वमाथि प्रश्न उठाउनु गलत भएको बताएका छन् । उपमहासचिव शर्माले विपक्षीलाई मसला मात्र दिएको कतिपयको टिप्पणी छ ।

‘सरकारमा राम्रो काम गरेपनि पार्टी कमजोर भयो, लथालिंग भयो’, अर्का एक नेता भन्छन्, ‘थुप्रै कमजोरीका बाबजुद प्रचण्डको नेतृत्वमा आन्तरिक एकता बलियो बनाएर जनतामा जानुपर्छ ।’

यसक्रममा विचार मिल्नेहरुसँग एकता र मोर्चा बनाउनुका साथै संगठन सुदृढीकरणमा लाग्नुपर्ने नेताहरुले बताएका छन् । प्रचण्डले पनि आफूलाई रुपान्तरण गर्दै सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

‘पार्टीलाई आफ्नो खुट्टामा उभिने बनाउन जनतामा जानुपर्छ । यथास्थितिमा त्यो सम्भव छैन’, एक पदाधिकारी भन्छन्, ‘परिस्थितिलाई बदल्ने कार्यक्रम र योजना बनाउनुपर्छ भन्ने सबैको जोड छ ।’

प्रचण्ड साढे तीन दशकदेखि माओवादीको नेतृत्वमा छन् । शान्ति प्रक्रियामा आएपछि पहिलो चनाव (संविधानसभा २०६४) मा सबभन्दा ठूलो दल बनेको माओवादी अहिले तेस्रो छ । पहिलो संविधानसभामा ३१ लाख हाराहारी भोट पाएको माओवादीले पछिल्लो चुनावमा ११ लाख हाराहारीमा खुम्चिएको छ ।

पछिल्लो वर्षहरुमा माओवादी निर्णयहरुमा पार्टी नेतृत्व रुपान्तरण भनिए पनि कार्यान्वयन भएको छैन ।

अहिले पनि किन प्रचण्डकै विकल्प छैन भन्ने निष्कर्षमा पुगेको हो भन्ने प्रश्नमा एक स्थायी कमिटी सदस्य भन्छन्, ‘माओवादीमा नेतृत्व हस्तान्तरणका लागि प्रचण्डले आवश्यकता महसुस गर्नुपर्छ, जुन अहिलेसम्म देखिएको छैन ।’

नेतृत्व हस्तान्तरण गरिहाल्न पनि पार्टीलाई एकतावद्ध गर्ने अर्को नेता नदेखिएको कतिपयको तर्क छ । बरु अब उत्तराधिकारी के कसरी तयार गर्ने भन्नेतिर ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।

स्थायी समिति सदस्यहरुको मतलाई सुनेको प्रचण्डले पर्सि बिहीबार जवाफ दिने कार्यक्रम छ ।

निकवर्तीहरुका अनुसार स्थायी समितिका अधिकांश नेता अनुसार आफ्नो पक्षमा देखिएकाले प्रचण्ड उपमहासचिव शर्मालाई धेरै जवाफ दिने पक्षमा छैनन् । तर उनले विषय जसरी उठाए र बाहिर ल्याए, त्यसमा भने उनको प्रष्ट असन्तुष्टि देखिनसक्छ । अरु विषय भने केन्द्रीय समितिमा लिखित रुपमा राख्ने उनको तयारी छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM