२०८१ चैत्र १९ गते, मंगलवार २१:३५

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

समानताका लागि संघर्ष गर्न जसपा नेपालले परिसंघ गठन गर्ने

१५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसंघ गठन गर्ने भएको छ । अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसंघ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ/संगठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासंघ वा परिसंघ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नश्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति/समुदायहरुमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेकाले संघर्ष गर्न परिसंघ गठन गर्न लागिएको बस्नेतले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्